शुक्रबार, असोज ४ गते २०८१    
images
images

नवनिर्वाचित सीएनआई पदाधिकारी र अर्थमन्त्रीबीच छलफल : अग्रिम जमानत र उधारो उठाउने ऐन ल्याउन आग्रह

images
सोमबार, असार १८ २०८०
images
images
नवनिर्वाचित सीएनआई पदाधिकारी र अर्थमन्त्रीबीच छलफल : अग्रिम जमानत र उधारो उठाउने ऐन ल्याउन आग्रह

साथै वित्तिय कसुरमा आर्थिक जरीवाना मात्रै हुनुपर्नेमा जोड दिँदै उनले अग्रिम जमानत कानूनको आवश्यकता औल्याए।  

images
images

काठमाडौं- नेपाल उद्योग परिसंघ र अर्थमन्त्री डा. प्रकाशशरण महतबीच छलफल भएको छ। परिसंघका नवनिर्वाचित अध्यक्ष राजेशकुमार अग्रवाल नेतृत्वको परिसंघ पदाधिकारीहरुले सोमबार अर्थ मन्त्रालयमा छलफल गरेका हुन्।  

images
images
images

परिसंघका नवनिर्वाचित अध्यक्ष अग्रवालले अर्थतन्त्रलाई चलायमान बनाउन, घटेको निजी क्षेत्रको मनोबल उकास्न, ६ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्न बजेटको प्रभावकारी कार्यान्वयन एवं खुकुलो मौद्रिक नीतिमा जोड दिएका हुन्। आन्तरिक उत्पादनलाई प्रबद्र्धन गर्न चोरी पैठारी नियन्त्रणका लागि कठोर बन्न उनले आग्रह गरे। 

उनले उद्योगी व्यवसायीहरुलाई उधारो उठाउन सहजीकरण गर्न उधारो उठाउने ऐन ल्याउन आग्रह गरे। साथै वित्तिय कसुरमा आर्थिक जरीवाना मात्रै हुनुपर्नेमा जोड दिँदै उनले अग्रिम जमानत कानूनको आवश्यकता औल्याए।  

हालै बजेटमा घोषणा गरिएको आयातित सामानमा लेवलिङ लगाउनुपर्ने व्यवस्था साउन १ देखि कार्यान्वयनमा जान लागेको सूचना भन्सार विभागले सार्वजनिक गरिसकेको छ। तर सो सूचना स्पष्ट नभएको र चोरी पैठारी गरेर आयात गरिएका सामाग्रीमा समेत लेबलिङ लगाएर बेच्न सक्ने भएकाले लेबलिङ नगरिएका वस्तुहरु भन्सार बिन्दुमै रोकिनुपर्नेमा अर्थमन्त्रीको ध्यानाकर्षण गराए।  

images

सो अवसरमा अर्थमन्त्री महतले परिसंघले उठाएका विषयहरुलाई गम्भीतापूर्वक लिएको बताउँँदै परिसंघ नयाँ कार्यसमितिलाई सफल कार्यकालको शुभकामना दिए।  

अर्थमन्त्रीसँगको छलफलमा उपाध्यक्षहरु विरेन्द्रराज पाण्डे, रोहित गुप्ता, अमित मोर, भीम घिमिरे, स्थायी आमन्त्रित पदाधिकारी छायाँ शर्मा सहभागी थिए। 


प्रकाशित : सोमबार, असार १८ २०८०१३:२३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend