सोमबार, जेठ २६ गते २०८२    
सोमबार, जेठ २६ २०८२
images
images

तनहुँका दुई स्थानीय तहको बजेट पारित

images
सोमबार, असार १८ २०८०
images
images
तनहुँका दुई स्थानीय तहको बजेट पारित

तनहुँका दश पालिकाले सात अर्ब ७५ करोड ७० लाख ६७ हजार तीन सय ७० रूपैयाँको बजेट ल्याएका छन्।

images
images

दमौली- तनहुँका दश स्थानीय तहमध्ये दुई स्थानीय तहले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट, नीति तथा कार्यक्रम पारित गरेका छन्। असार १० गते एकै दिन चार नगरपालिका र छ गाउँपालिकाले बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गरेकामा भिमाद नगरपालिका र म्याग्दे गाउँपालिकाले बजेट पारित गरेका छन्। अन्य आठ स्थानीय तहको बजेट पारित हुन बाँकी छ।

images
images
images

भिमाद नगरपालिकाले आगामी वर्षका लागि ६३ करोड ८९ लाख ५६ हजार आठ सय ७० रूपैयाँको बजेट पारित गरेको छ। पारित बजेटमध्ये चालुतर्फ ४३ करोड ९८ लाख ५६ हजार र पुँजीगततर्फ १९ करोड ९१ लाख रूपैयाँ विनियोजन गरिएको छ।

images
images

नगरपालिकाका उपप्रमुख शारदा खनालका अनुसार सामाजिक विकासतर्फ ३४ करोड ६३ लाख रूपैयाँ, पूर्वाधार विकासतर्फ १३ करोड ३७ लाख रूपैयाँ, सुशासन तथा अन्तरिकतर्फ एक करोड ३२ लाख रूपैयाँ र कार्यालय सञ्चालन तथा प्रशासनिक खर्च १० करोड ८९ लाख रूपैयाँ विनियोजन गरिएको छ।

images
images
images

आम्दानीतर्फ आन्तरिक स्रोतबाट रु एक करोड ८० लाख, राजस्व बाँडफाँटबाट १३ करोड ५० लाख ३५ हजार सात सय रूपैयाँ, अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट ४४ करोड ७९ लाख १३ हजार रूपैयाँ, प्रदेश सरकारमार्फत दुई करोड ८७ लाख १३ हजार रूपैयाँ आम्दानी हुने अनुमान गरिएको छ। नगरपालिकाले कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर नीति, कार्यक्रम र बजेट बनाएको नगरप्रमुख दधिराज सुवेदीले जानकारी दिए।

म्याग्दे गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि ५५ करोड ५३ लाख ५० हजार रूपैयाँको बजेट पारित गरेको छ। गाउँपालिकाले चालुतर्फ २१ करोड ५३ लाख ८५ हजार रूपैयाँ र पुँजीगततर्फ ३२ करोड ५७ लाख ८२ हजार रूपैयाँ बजेट विनियोजन गरेको उपाध्यक्ष बालकृष्ण घिमिरेले जानकारी दिए। जसमध्ये चालुतर्फ ३८ दशमलव ७८ प्रतिशत र पुँजीगततर्फ ५८ दशमलव ६६ प्रतिशत बजेट विनियोजन गरिएको छ। गाउँपालिकाले चालुतर्फभन्दा विकासतर्फ प्राथमिकताका साथ बजेट विनियोजन गरेको छ।

आम्दानीतर्फ संघीय सरकारबाट वित्तीय समानीकरणबाट नौ करोड, ससर्त अनुदानबाट ८० लाख, राजस्व बाँडफाँडबाट ३२ लाख, विशेष अनुदानबाट एक करोड पाँच लाख, समानीकरणबाट ५० लाख रूपैयाँ प्राप्त हुने अनुमान गरिएको छ। 

गण्डकी प्रदेश सरकारबाट वित्तीय समानीकरणबाट एक करोड २१ लाख, राजस्व बाँडफाँडबाट ४० लाख, विशेष अनुदानबाट ५० लाख, ससर्त अनुदानबाट एक करोड रूपैयाँ प्राप्त हुने अनुमान गरिएको छ। गाउँपालिकाको आन्तरिक आम्दानीबाट सात करोड ४२ लाख रूपैयाँ हुने अनुमान गरिएको छ।

गाउँपालिकाले पूर्वाधार विकासतर्फ १८ करोड ३६ लाख, आर्थिक विकासतर्फ चार करोड ५५ लाख, सामाजिक विकासतर्फ १९ करोड ६१ लाख ८५ हजार, वन, वातावरण तथा विपद् व्यवस्थापनतर्फ एक करोड, सुशासन र संस्थागत विकासतर्फ ११ करोड रूपैयाँ बजेट विनियोजन गरेको छ।

समृद्ध गाउँपालिका निर्माण गर्ने ध्येयका साथ प्रस्तुत गरिएको बजेटको सबै पक्षबाट कार्यान्वयनमा सहयोग हुने घिमिरेले बताए। जिल्लाका दश पालिकाले सात अर्ब ७५ करोड ७० लाख ६७ हजार तीन सय ७० रूपैयाँको बजेट ल्याएका छन्। रासस


प्रकाशित : सोमबार, असार १८ २०८०१२:२४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend