शुक्रबार, वैशाख ५ गते २०८२    
शुक्रबार, वैशाख ५ २०८२
images
images

सुजुकीको बिक्रीमा एसयूभीको हिस्सा फराकिलो भएसँगै बिक्री बढ्दै

images
मंगलबार, असार १९ २०८०
images
सुजुकीको बिक्रीमा एसयूभीको हिस्सा फराकिलो भएसँगै बिक्री बढ्दै

यो आव अर्थात ३१ मार्च २०२४ सम्म मारुती सुजुकीले फ्रोनक्स, ब्रेजा, जिम्नी र ग्रान्ड भिटारासहितको एसयूभी बिक्री ४ लाख ७५ पुग्ने अपेक्षा गरेको छ। गत आवमा सुजुकीले २ लाख २ हजार ८ सय वटा एसयूभी बिक्री भएको थियो। 

images
images

काठमाडौं- भारतमा सबैभन्दा धेरै कार बिक्री गर्ने कम्पनी मारुती सुजुकीले स्पोर्ट युटिलिटी भेहिकल (एसयूभी) सेगमेन्टलाई प्राथमिकता दिएको छ। जसको परिणाम बिक्रीमा देखिन थालेको छ। 

images
images
images

सवारी खरिदकर्ताहरु ह्याचब्याक वा सेडानबाट क्रसओभर र एसयूभीतर्फ आकर्षित भइरहेका छन्। सोहीअनुसार सवारी उत्पादकहरुले एसयूभी सेगमेन्टका सवारी उत्पादनलाई प्राथमिकता दिँदै आएका छन्। सुजुकीले पनि भारतीय बजारमा एसयूभी सेगमेन्टका कार उत्पादनलाई प्राथमिकतामा राखेको छ। त्यसैले पछिल्लो समय यसको कुल बिक्रीमा एसयूभी सेगमेन्टको हिस्सा बढ्दै गएको छ। 

images
images

आर्थिक वर्ष ०२४ को पहिलो त्रैमासमा सुजुकीको एसयूभी कार बिक्री करिब दोबरले बढेको छ। हाल सुजुकीले भारतमा एसयूभी सेगमेन्टमा नयाँ ब्रेजा, ग्रान्ड भिटारा, प्रोनक्स र जिम्नी बिक्री गर्दै आएको छ। यी सबै मोडल पछिल्लो १ वर्षको अवधिमै सार्वजनिक भएका हुन्। 

images
images

चालु आवको पहिलो त्रैमासमा सुजुकीको एसयूभी बिक्री हिस्सा बढेर २२.४ प्रतिशत पुगेको छ। गत आवको सोही अवधिमा एसयूभीको हिस्सा १२.६ प्रतिशतमात्र थियो। भारतीय कार बजारमा मारुती सुजुकीको बजार हिस्सा ५८.८ प्रतिशतबाट ५३.२ प्रतिशतमा सीमित भएको इकोनोमिक टाइम्सले लेखेको छ। विगतमा भारतीयको रोजाइमा सेडान कार रहेकोमा अब त्यो एसयूभीतर्फ आकर्षित भएको छ। 

ह्याचब्याक र मध्यम आधारको कार धेरै रोज्ने भारतीयहरु आयस्तर बढ्दै गएसँगै एसयूभी सेगमेन्ट धेरैको रोजाइमा पर्न थालेको हो। चालु आवको पहिलो त्रैमासमा भारतको कुल प्यासेन्टर कार बिक्रीमा एसयूभीको हिस्सा ४३ प्रतिशत पुगेको छ, जबकी ह्याचब्याकको हिस्सा ३२ प्रतिशत रहेको छ। 

सुजुकीले भारतीय उपभोक्ताको चाहनाअनुसार सवारी बजारमा ल्याउन हरसम्भव प्रयास गरिरहेको छ। मारुती सुजुकी एसयूभी सेगमेन्टमा मात्र हेर्ने हो भने दोस्रो स्थानमा रहेको र बजार हिस्सा करिब २० प्रतिशत पुगेको कम्पनीका वरिष्ठ कार्यकारी निर्देशक (मार्केटिङ एन्ड सेल्स) शशांक श्रीवास्तवले इकोनामिक टाइम्सलाई बताएका छन्। यो आव २०२४ को अन्त्यसम्म पुग्दा एसयूभी सेगमेन्टमा पनि भारतीय बजारमा पहिलो स्थानमा पुग्ने दाबी उनको छ। 

यो आव अर्थात् ३१ मार्च २०२४ सम्म मारुती सुजुकीले फ्रोनक्स, ब्रेजा, जिम्नी र ग्रान्ड भिटारासहितको एसयूभी बिक्री ४ लाख ७५ पुग्ने अपेक्षा गरेको छ। गत आवमा सुजुकीले २ लाख २ हजार ८ सय वटा एसयूभी बिक्री भएको थियो। 

जनवरीमा सुजुकीको एसयूभी कार बिक्री १४.९ प्रतिशत रहेकोमा जुनसम्म पुग्या यो बढेर २२ प्रतिशत पुगेको श्रीवास्तवको भनाइ छ। यो वर्षको अन्त्यसम्ममा एसयूभीको हिस्सा २५ प्रतिशतभन्दा बढी हुने अपेक्षा कम्पनीले गरेको छ। 

नेपाली बजारमा पनि एसयूभी सेगमेन्टकै सवारीको बिक्री बढ्दै गइरहेको छ। सुजुकीको नेपालका लागि आधिकारिक बिक्रेता सीजी मोटोकर्पले केही महिनाअघि नयाँ ग्रान्ड भिटारा र नयाँ ब्रेजा सार्वजनिक गरिसकेको छ। त्यस्तै कम्पनीले फ्रोनक्स एसयूभी पनि ल्याउने तयारी गरिरकेको छ। 

सरकारले गत वर्ष पेट्रोलियम कारको आयातमा प्रतिबन्ध लगाएको र तरलता अभावका कारण यी सवारीमा जाने कर्जामा कडाइ गरिएकाले पछिल्लो डेढ वर्षयता पेट्रोलियम कारको बिक्री उल्लेख्य रुपमा गिरावट आएको छ। अब भने तरलता बढ्दै गएकाले राष्ट्र बैंकले सवारी कर्जामा केही खुकुलो नीति लिने संकेत गरेको छ। सवारी कर्जा खुकुलो भएमा कारको बिक्री बढ्ने अनुमान व्यवसायीहरुले गरेको छन्।  


प्रकाशित : मंगलबार, असार १९ २०८००८:११

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend