शनिबार, वैशाख २२ गते २०८१    
images
images

कृषिमा आरजु राइस मिलको सतप्रयास : नेपाली धानबाट उत्पादित गुणस्तरीय लङग्रेन बोरामै हजार रूपैयाँ सस्तो

images
images
images
कृषिमा आरजु राइस मिलको सतप्रयास : नेपाली धानबाट उत्पादित गुणस्तरीय लङग्रेन बोरामै हजार रूपैयाँ सस्तो
images
images

काठमाडौं- आज २० औँ राष्ट्रिय धान दिवस, ‘जलवायु अनुकुलित कृषकमैत्री प्रविधि, धान उत्पादनमा वृद्धि’ भन्ने नारासहित देशैभर रोपाइँको उल्लासमा मनाइँदै छ। धानको उत्पादन १० प्रतिशतले वृद्धि हुँदा राष्ट्रिय आयमा नै एक प्रतिशतको वृद्धि हुन्छ। यसबाटै हाम्रो प्रमुख खाद्यान्न बाली धानको महत्व प्रष्ट हुन्छ। 

images
images
images

वैदिक कालदेखि नै ज्ञान र सीपको सर्वोत्तम पेशा हो कृषि। त्यसमा पनि धानको महत्व सांस्कृतिक, सामाजिक र आर्थिक समग्र हिसाबले बेजोड छ। कृषिमा आधारित अर्थतन्त्र भए पनि धानचामलको ठूलो हिस्सा आयातमा निर्भर हुनुपरिरहेको अवस्थामा देशभित्र केही सतप्रयास भइरहेका छन् जसले निर्वाहमुखी कृषिलाई व्यावसायिक बनाउने बाटो समातेको छ।

images

धानचामलमा आत्मनिर्भर हुने दिशामा काम गर्न नेपालमा आधुनिक कृषि क्षमता, मिलसम्बन्धी प्रविधि र विकसित मूल्य शृङ्खलाको मेल हुनेगरी काम गर्नु अपरिहार्य छ। त्यसमा पछिल्लो समय निर्वाहमुखी किसानलाई व्यावसायिकतातर्फ जोड्दै उपभोक्तालाई सस्तो दाममा उत्कृष्ट चामल दिने प्रयासमा आरजु राइस मिलमार्फत काम भइरहेको छ।

images

विभिन्न अध्ययनहरूका अनुसार नेपालमा प्रतिव्यक्ति प्रतिवर्ष चामल उपभोग करिब १ सय ३७ किलो रहेको छ। आर्थिक वर्ष २०७९/८० को ११ महिनामा नै ३३ अर्ब ६३ करोडको धान चामल आयात भइसकेको छ। २०७८/७९ मा ४७ अर्ब ५७ करोड रूपैयाँको धान चामल आयात भएको थियो। उन्नत बीउको प्रयोगमा उल्लेख्य वृद्धि नहुनुका साथै मौसममा समेत निर्भर हुनुपर्ने खेतीको बाध्यताले धानचामल आयात कम गर्न उत्पादन वृद्धिमा सफलता हासिल हुन सकेको छैन। यस्तोमा प्रणाली र परिवेशलाई दोष दिँदै पन्छिन छाडेर सुधारको प्रयासमा काम गर्ने थोरै छन्।

images
images

Arju-Rice_1.jpg

नेपाली किसानको धान उपयुक्त मूल्यमा खरिद गरी नेपाली उपभोक्ताले सुपथ मूल्यमा राम्रो चामल खान पाउन् भन्ने उद्देश्यले अघि बढिरहेको आरजु राइस मिलले जिरा मसिनो र लङग्रेन चामल उत्पादन गरिरहेको जनाएको छ। आयातित चामलको तुलनामा उपभोक्तालाई प्रतिकिलो ५० रूपैयाँ फाइदा हुनेगरी रामधानलाई प्रशोधन गरेर लङग्रेन चामल उत्पादन गरिरहेको आरजु राइस मिलका कार्यकारी अध्यक्ष वीरेन्द्रबहादुर बस्नेत बताउँछन्।

निर्वाहमुखी र आयातमा निर्भर भइरहेको कृषि समस्यालाई समाधान गर्दै धानमा आधारित उत्पादकत्व र मुनाफा बढाउने, नेपाली किसानलाई धानमार्फत व्यावसायिकतातर्फ लैजाने, खाद्य प्रणालीसँग स्वदेशी उत्पादनलाई जोडेर आयातितको तुलनामा उत्कृष्ट र सस्तो चामल उपभोक्तासम्म पुर्‍याउने काममा आरजु राइस मिल लागिरहेको छ।

समग्र आर्थिक विकासका लागि नेपालमा धानमा आधारित कृषि खाद्य प्रणालीको अपार सम्भावनको ढोकालाई खोलिरहेको आरजु राइस मिलले आयातित लङग्रेनसँगको प्रतिस्पर्धामा स्वदेशी उत्पादनमार्फत नेपाली किसान र उपभोक्ताको हित हेर्दै चामल उद्योगमा हुनसक्ने लगानीतर्फ उज्यालो भविष्य देखाइरहेको छ। विराटनगरमा सयौँ बिगाहा जमिनमा किसानहरूसँग मिलेर धान उत्पादन सुरु गरेको आरजु राइस मिलले कृषि हितलाई केन्द्रमा राखेर उपभोक्ताको मन जित्ने प्रयास गरिरहेको छ।

नेपाली किसानले उब्जाइरहेको रामधानलाई प्रशोधन गरी लङग्रेन चामल उत्पादन गरिएकाले आरजु राइस मिलको चामल आयातित लङग्रेनभन्दा केही छोटो भए पनि स्वाद र मूल्यका हिसाबले अतुलनीय रहेको बताउँछन् मिलका प्रबन्धक विवेकानन्द झा।

bibek jha.jpg

नेपालमा ६.५ देखि ७ एमएम लामो चामललाई लङग्रेन चामलका रुपमा लिइन्छ। त्यसका लागि रामधानबाहेक अर्को विकल्प नेपाली किसानसँग छैन। ‘त्यही भएर रामधानलाई हामीले किसानको बीचमा लगेर उत्पादनका लागि प्रोत्साहित गर्‍यौँ। हामीले किसानसँगबाट न्यूनतम समर्थन मूल्य ३२ रूपैयाँ किलो तोकेर लिइरहेका छौँ। योपालि किसानहरूले प्रशस्त रामधान लगाएका छन्। चैते धान पनि राम्रो मात्रामा उत्पादन हुँदैछ’ झाले भने। 

अहिलेको अवस्थामा आइपुग्न आरजु राइस मिलले ठूलो उतारचढाव भोगेको छ। रामधान ल्याउनुअघि तेजगोल्ड धानमा पनि आरजुले प्रयोग गरेको थियो। तर तेजगोल्ड हावापानी अनुकुल सफल हुन सकेन।

‘त्यो सबैमा एक करोड रूपैयाँभन्दा बढी नोक्सान भयो। ३५ लाख रूपैयाँको बीउ त खाल्डो खनेर नै पुर्नुपर्‍यो। त्यसपछि रामधान चाहिँ राम्ररी नै सेट भयो। अहिले सुपथ मूल्यमा उपभोक्तासामु ल्याएका छौँ’, झाले भने, ‘१३० रूपैयाँ प्रतिकिलो मूल्य भए पनि जावालाखेल र पेप्सीकोलामा रहेको फ्याक्ट्री आउटलेटबाट उपभोक्तालाई ११५ रूपैयाँमा दिइरहेका छौँ। लङग्रेनका अरू चामलहरू १६५ रूपैयाँ प्रतिकिलोबाट सुरू हुन्छ। हामीले किसानसँगै उपभोक्ताको हित हेरिरहेका छौँ।

२० किलोको बोरामा नै एक हजार रूपैयाँ सस्तो पर्नेगरी आफूहरूले उपभोक्तालाई लङग्रेन चामल दिइरहेको आरजु राइस मिलले जनाएको छ। त्यसैले यो राष्ट्रिय कृषि उत्थानको मर्मलाई आम उपभोक्ताले बुझिदिउन् भन्ने आफूहरूको चाहना रहेको मिलका कार्यकारी अध्यक्ष बस्नेत बताउँछन्। ‘मध्यम वर्ग र उच्च मध्यम वर्गका उपभोक्ताले प्रयोग गरिरहने विदेशी चामलभन्दा आरजु चामल उत्कृष्ट छ। सरसर्ती हेर्दा नेपालमा ६० लाखटन चामल खपत भइरहेको छ। किलोमा ५० रूपैयाँ नै सस्तो पर्दा पनि ३ खर्ब रुपैयाँ जोगिन्छ’ उनले सुनाए।

aarju rice mil dhan.png

नेपालको कुल ग्राहस्थ उत्पादनमा कृषिको योगदान २४.१२ प्रतिशत छ र करिब ५० प्रतिशत जनसंख्या यसैमा निर्भर छन्। यसमा धानले मात्र २० प्रतिशत योगदान गरेको पाइन्छ। खाद्य सुरक्षाको दृष्टिले पनि धानको उत्पादन वृद्धि गर्नु जरुरी छ। यसलाई मध्यनजर राख्दै सरकारले उत्पादन वृद्धिका योजनाहरू त बनाएको देखिन्छ तर कार्यान्वयन प्रभावकारी बन्न सकेको छैन। यस्तोमा आरजु राइस मिलजस्ता केही निजी क्षेत्रको प्रयास किसान र उपभोक्ताको हितमा अघि बढ्नु राष्ट्रिय अर्थतन्त्रका लागि ठूलो योगदान हो।

आरजु राइस मिलमार्फत भइरहेको प्रयोग सफल भएमा नेपालमा सबै नेपाली चामल नै खपत हुने अवस्था आउने विश्वासमा छन् कार्यकारी अध्यक्ष बस्नेत। उनी भन्छन्, ‘युवा उद्यमीहरूले यसबाट सिकेर नयाँ मिलहरू सञ्चालन गर्न सक्नेछन्, किसानले बजार र मूल्यको समस्या भोग्नुपर्ने छैन र उपभोक्ताले सस्तोमा राम्रो स्वदेशी चामल पाउनेछन्। अहिलेको प्रयोग सफल भएमा देशभर यस्ताखाले मिलहरू खुल्नेछन्।

आयातित चामलसँग प्रतिस्पर्धा गर्दै देशभित्र उत्पादन वृद्धिको काम बढ्न सके देशभर आरजुजस्ता अन्य मिलहरू खोल्न नयाँ जनशक्ति अग्रसर हुने उनी बताउँछन्। त्यसले नेपालको कृषि माथि उठाउने र निर्वाहमुखी कामबाट अघि बढेर व्यवसायिक हुनेतर्फ किसान र नवउद्यमीहरूलाई आकर्षित गर्ने नै छ। यो सफलताका लागि अब बाँकी छ- उपभोक्तासँगको सम्बन्ध। जसलाई स्थापित गर्नका लागि उपभोक्ताले आरजु लङग्रेनको प्रयोग एकपटक मात्र गरेमा पुन: त्यसैमा जोडिने विश्वास सञ्चालकको छ।

aarju rice dhan.jpg

आरजु राइस मिलको यो अभियानमा किसानहरू पनि हर्षित छन्। आफ्नो उत्पादनले सहज रुपमा बजार पाइरहेको र व्यावसायिक खेती गर्न सकिएको उनीहरूको भनाइ छ। नेपालको नार्कले सर्टिफाइट गरेको लङग्रेन रामधान नै हो। रामधानको बीउ ५५ रूपैयाँ किलोमा किसानहरूलाई उपलब्ध छ। त्यो धान भकारीमा राखेर किसानले अर्कोपटक बीउका लागि पनि प्रयोग गर्न सक्छन्।

'उन्नत जातको बीउ पाएपछि धेरै उब्जनी हुने रैछ भन्ने कुरा ज्ञान पाइयो। हामीले धान बोरामा कसिरनु पनि परेन खेताला पनि आवश्यक परेन, मिलले खेतमै आएर धान काटेर लिएर जान्छ। हामी किसानलाई आरजु राइस मिलबाट निकै सुविधा मिलेको छ' रामधान उत्पादन गरिरहेका किसान चन्द्र मगरले सुनाए। 

कृषिको समस्याका बारेमा कुराकानी मात्र सुनिन्छ तर अगाडि बढेर काम गर्नेहरू कम हुन्छन्। वीरह मात्र गरेर बस्ने होइन समाधानका लागि प्रयास गर्ने हो भन्ने भनाइलाई आरजु राइस मिलले स्थापित गरिरहेको छ। नेपाली किसानबाट उत्पादित रामधानमार्फत सस्तो र गुणस्तरीय लङग्रेन उपभोक्तामाझ ल्याउने प्रयास सफल बनाएको छ।

images

प्रकाशित : शुक्रबार, असार १५ २०८००६:५०

प्रतिक्रिया दिनुहोस