शुक्रबार, वैशाख २१ गते २०८१    
images
images

लम्पी स्किन रोगको प्रकोप : 'गाईले दूध दिन छाडे, गोरु मर्दा खेत बाँझै'

images
images
images
लम्पी स्किन रोगको प्रकोप : 'गाईले दूध दिन छाडे, गोरु मर्दा खेत बाँझै'

देशभरी फैलिएको यो रोगबाट सबैभन्दा बढी सुदूरपश्चिम प्रदेश प्रभावित बनेको पशुरोग अन्वेषण प्रयोगशाला धनगढीका प्रमुख डा नरेश जोशीले बताए। अहिलेसम्म सुदूरपश्चिममा दुई लाख सात सय ९८ पशु संक्रमित भएकोमा दश हजार नौ सय भन्दा बढी पशु मरिसकेको उनले जानकारी दिए।

images
images

सुदूरपश्चिम- धान रोपाइँको चटारो बढेका बेला कैलालीको पहाडी क्षेत्र चुरे गाउँपालिकाका अमर शाहलाई घरको गोरु लम्पी स्किन रोगले मरेपछि रोपाइँ कसरी गर्ने भन्ने चिन्ताले सताएको छ। 

images
images
images

घरमा पालिएको हलगोरु बिरामीले मरेपछि पाखोखेत खनजोत गर्न नसक्दा उनलाई चिन्ताले सताएको हो। 'एक हल गोरुभैँसीको एक पाडो र एक बाख्रा लम्पी स्किनले मरेर  क्षति व्यहोर्नु पर्‍यो', उनले भने।

images

सोही ठाउँका अर्का किसान तेजबहादुर बोहराको घरमा पालिएको लम्पी स्किन रोगले समातेपछि गाईले दूध दिनै छोड्यो। उनले भने, 'गाईले दूध दिन छाड्यो, पशुका प्राविधिकले नियमित उपचारपछि १६ दिनपछि बिरामी गाई निको भए पनि दूध बढ्न सकेको छैन।' गोरु मर्दा भौगोलिक विकटताले बाटो नहुने खेतसम्म हाते मिनिटिलर जस्ता कृषियन्त्र लैजान नसकेर कतिपय ठाउँका खेत बाँझै राख्नु परेको र गाई मर्दा घरमा दूधको सहज व्यवस्था गर्न पनि समस्या भएको उनले बताए।

images

डोटीको शिखर नगरपालिकाका गोविन्दराज जोशीले गाउँमा यो रोगको महामारी फैलिएपछि कृषि कार्यमा नराम्रो असर पुगेको बताए। 'पालेका हलगोरु रोगले मरेका छन्, पावरटिलर जस्ता कृषियन्त्रको पहुँच नपुग्ने ठाउँका खेत जोत्नमै किसानलाई सकस छ', उनले भने,'रोग लागेको बस्तुभाउको घाउबाट दुर्गन्ध फैलिँदा रोगी बस्तुभाउको नजिक जान पनि मुस्किल हुने गरेको छ।'

images
images

बिरामी पशुको घाउबाट दुर्गन्ध फैलिँदा यस्ता पशुलाई घरदेखि छुट्टै राखेर उपचार व्यवस्थापन हुने गरेको जनाइएको छ। तराई क्षेत्रको तुलनामा पहाडी जिल्लाका बस्तुभाउमा यो रोग महामारीका रुपमा देखिएको पशु चिकित्सकले बताएका छन्। भौगोलिक विकटताले पहाडका खेतबारीमा सहज रुपमा कृषियन्त्रको प्रयोग गर्न सकिँदैन।

समथर जग्गा र सडक यातायातको सुविधा भएको ठाउँमा मात्र यी कृषियन्त्रको प्रयोग हुने गरेको छ। आर्थिक अवस्था कमजोर भएका धेरै किसानसँग खेत जोत्न गोरु हुन्छन्। रोग लाग्न नदिन र लागेका पशुको उपचारका लागि कतिपय ठाउँमा पशु कार्यालयबाट प्राविधिक टोली परिचालन गरिए पनि रोग नियन्त्रण हुन नसकिरहेको किसानको भनाइ छ।

देशभरी फैलिएको यो रोगबाट सबैभन्दा बढी सुदूरपश्चिम प्रदेश प्रभावित बनेको पशुरोग अन्वेषण प्रयोगशाला धनगढीका प्रमुख डा नरेश जोशीले बताए। अहिलेसम्म सुदूरपश्चिममा दुई लाख सात सय ९८ पशु संक्रमित भएकोमा दश हजार नौ सय भन्दा बढी पशु मरिसकेको उनले जानकारी दिए।

यो प्रदेशमा गाई र भैँसीको संख्या १५ लाख ८२ हजार रहेकोमा योमध्ये झन्डै १२ दशमलब सात प्रतिशत पशु संक्रमित भइसकेको जनाइएको छ। प्रदेशभरी गाई ७९ हजार एकसय ८८, गोरु ७७ हजार चार सय ७१, बाच्छाबाच्छी ३९ हजार ८८,भैँसी राँगो पाडापाडी पाँच हजार ५१ संक्रमित भएका छन्।

यो रोगले पशुको विभिन्न भागमा साना ठूला गिर्खा देखिने, उच्च ज्वरो आउने, आँखामा कचेरा जम्मा हुने, सिगान बग्ने, खाना खान नसक्ने, मुखबाट धेरै फिँज निकाल्ने जस्ता लक्षण देखिने गर्छ। डा जोशीले भने,'रोग लागेपछि दूधालु गाईभैँसीले झन्डै ८० प्रतिशतसम्म दूध उत्पादन घट्ने गर्छ, गोरु  बिरामी पर्दा किसानले आर्थिक क्षति व्यहोर्नु परेको छ।'

लामखुट्टे, झिँगा र किर्नाको राम्रो  व्यवस्थापन गर्न सक्नु नै यो रोगको रोगथामको उपाय रहेको जनाइएको छ। रोग लागिसकेको पशुको ठोस् उपचारविधि नभएका कारण लक्षणकै आधारमा उपचार व्यवस्थापन गर्नुपर्ने हुन्छ। रोगले सुदूरपश्चिममा महामारीको रुप लिएकोले पालिका तहले आफ्नो बजेट कार्यक्रममा रोग नियन्त्रणका लागि बजेट विनियोजन गर्न अति आवश्यक रहेको डा जोशी बताउँछन्।

क्षेत्रीय पशुसेवा तालिम केन्द्र धनगढीका प्रमुख डा हेमराज अवस्थीले यो रोगले गोरु मर्न थालेपछि धेरै किसान प्रभावित बनेको बताए। 'घरमा जोत्ने गोरु र दुहुनो गाईमर्दा पुगेको क्षतिले किसानमा रुवावासी छ,' उनले भने,'रोगविरुद्धको खोप आइसकेको छ, तर रोग फैलिएको बेला खोप पनि लगाउन नमिल्दा समस्या भइरहेको छ।' रासस 

images

प्रकाशित : बिहीबार , असार १४ २०८००९:१८

प्रतिक्रिया दिनुहोस