बिहीबार , चैत २१ गते २०८१    
बिहीबार , चैत २१ २०८१
images
images

अघि बढ्यो इन्डोनेसियासँगको हवाइ सम्झौता, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पनि प्राथमिकतामा 

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, कात्तिक २२ २०७८
images
images
अघि बढ्यो इन्डोनेसियासँगको हवाइ सम्झौता, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पनि प्राथमिकतामा 

इन्डोनेसिया आफैंले सम्झौताका लागि रुचि देखाएको छ। 

images
images

काठमाडौं- नेपाल र इन्डोनेसियाबीच द्विपक्षीय हवाइ सम्झौताको तयारी फेरि अघि बढेको छ। 

images
images

दुई देशबीचको सम्झौताका लागि एक आपसमा सूचना आदानप्रदान भइरहेको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जानकारी दिएको छ।

images
images

कोरोना महामारी सुरु हुनुअघि नै सम्झौताका लागि औपचारिक प्रक्रिया सुरु भएको थियो। लकडाउनका कारण रोकिएको छलफल पछिल्लो समय फेरि सुरु भएको मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले जानकारी दिए।

images
images

महामारीअघि सम्झौताको पत्र इन्डोनेसियाले पठाएको थियो। कोरोना महामारीको दोस्रो भेरियन्ट अघि नेपाल सरकारले आफ्नो राय पठाएको थियो। लामो समय प्रतिक्रिया नदिएको इन्डोनेसियाले पछिल्लो समय फेरि आफ्नो राय पठाएको छ। 

इन्डोनेसिया आफैंले सम्झौताका लागि रुचि देखाएको हो।  

इन्डोनेसियाको राय हेरेपछि नेपाल सरकारले आफ्नो औपचारिक धारणा बनाउने छ। त्यसपछि सम्झौतामा हस्ताक्षरको काम अघि बढ्ने छ।

हप्तामा १४/१४ उडानको प्रस्ताव गरिएको छ। पछिल्लो समय नेपाल सरकारले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पनि उडान गर्ने प्रस्ताव राख्ने भएको छ। 

इन्डोनेसियाको गरुडा एयरलाइन्सले नेपालमा उडान गर्न खोजेपछि सम्झौताको प्रस्ताव उतैबाट आएको हो।

कुनै पनि दुई देशबीचमा व्यावसायिक उडान हुनका लागि पहिला सम्झौता भएको हुनुपर्छ। यसरी सम्झौता भएपछि दुबै देशका एयरलाइन्सले एक आपसका देशमा पाउने पहुँच निर्धारण हुन्छ। यसमा कुनै पनि देशका एयरलाइन्सले कति उडान गर्न पाउने, कुनकुन विमानस्थलमा उडान गर्न पाउने जस्ता विषय निर्धारण हुन्छन्।  

सम्झौता भएपछि इन्डोनेसियाको राष्ट्रिय ध्वजाबाहक गरुडाले काठमाडौंमा सिधा उडान गर्न खोजेको छ। उसले उडान गर्नका लागि नेपालमा एजेन्ट पनि नियुक्त गरिसकेको छ। अहिले नै व्यावसायिक उडान गर्न नमिल्ने भएकाले अफलाइन एजेन्सीका रुपमा सोसाइटी ट्राभल इन्टरनेशनललाई नियुक्त गरेको छ।


प्रकाशित : सोमबार, कात्तिक २२ २०७८००:५२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend