काठमाडौं- तिहारको लक्ष्मीपूजाको दिन बिहानैदेखि फूलका मालालगायत टीका सरदम किन्नेको चहलपहल बढेको छ। घरको झ्याल ढोकामा लगाउन र लक्ष्मी पूजा गर्न न्यूरोड परिसरमा बिक्रीका लागि राखिएको सयपत्री फूलका माला किन्न भिडभाड देखिएको छ। दाजुभाइलाई तिहारमा लगाइदिने सप्तरङ्गी टीकाको समेत व्यापार राम्रो भइरहेको व्यापारी बताउँछन्। तस्बिरहरू: रासस
प्रतिक्रिया दिनुहोस