आइतबार, वैशाख २३ गते २०८१    
images
images

लकडाउनले बनायो कृषक

images
बिजनेस न्युज
images
images
लकडाउनले बनायो कृषक
फाइल तस्बिर

ड्रागन खेती सुक्खा र पानी नजम्ने नेपालको सबै ठाउँमा हुने गर्दछ। एक पटक लगाएको खेतीले २५ वर्षसम्म आम्दानी दिने व्यवसाय भएकाले यसप्रति कृषकको आकर्षण बढ्दै गएको छ।

images
images

पथरी- लकडाउनले धेरै नेपालीको व्यापार व्यवसायलाई धराशायी बनायो। लकडाउनका कारण धेरै व्यापार छाडेर पलायन भए भने कतिलाई लकडाउन नै अवसर बनिदियो। त्यस्तै एक उदाहरण बने मोरङको पथरी शनिश्चरे नगरपालिकाका खगेन्द्रप्रसाद लिम्बू। जग्गा कारोबार गर्दै आएका लिम्बूका लागि लकडाउन ‘टर्निङ पोइन्ट’ बन्यो।

images
images
images

लकडाउनका कारण जग्गा कारोबार छाडेर ड्रागन खेतीमा लागेका खगेन्द्रप्रसादलाई राम्रै सफलता मिल्यो। लिम्बूले साथीभाइको सल्लाहअनुसार एक करोड ३० लाखको लगानीमा ड्रागन खेती सुरु गरे। दुई बिघा १० कट्ठा क्षेत्रफलमा लगाएको दुई हजार तीन सय बिरुवाले उत्पादन दिन सुरु गरेको छ। 

images

पथरी शनिश्चरे-८ मा रहेको मेद्यावी कृषि फर्ममा तीनजनाले रोजगारी पाएका छन्। खेती सुरु गर्दा तीन महिनासम्म सात/आठजनाले रोजगार पाएका थिए। 'युवा शक्ति विदेश पलायन हुनुभन्दा आफ्नै मुलुकमा उत्पादनमा जोडिनु पर्छ भन्दै ड्रागन खेतीको सुरुआत गरेको हुँ', लिम्बूले भने। सुरु सुरुमा समस्या भए पनि फल दिन थालेपछि आनन्द भएको लिम्बूले बताए।

images

नेपालमा सफलता पाउँदै गरेको समयमा रेड सी प्रजातिको नौलो तथा मीठो फल ड्रागन फ्रुट खेतीतर्फ कृषकको आकर्षण बढ्दै गएको छ। कृषि पेसामा आत्मानिर्भर भएका लिम्बू ड्रागन फ्रुट खेतीमा रमाइरहेका छन्। १५ महिनाअघि लगाएको ड्रागन खेतीले फल दिन थालेको छ। एक पटकको मेहनतले लामो समय राम्रै फल दिने भएकाले सबै कृषकले यो खेती गर्दा राम्रो हुने लिम्बूको भनाइ छ।

images
images

ड्रागन फ्रुटसँगै भित्रभित्र बुटे खेती गर्न सकिन्छ भएकाले नगदे बालीले समेत स्थान पाउने गर्दछ। एक पोलबाट वार्षिक एक सय ५० किलोसम्म फल उत्पादन हुने गर्दछ। बजारमा ड्रागन फ्रुट प्रतिकिलो पाँचदेखि आठ सय पर्ने गर्दछ। पछिल्लो समय बजारमा प्रतिस्पर्धा धेरै भएका कारण सोचेअनुसार मूल्य नपाउने पो हो कि भन्ने उनलाई चिन्ता छ। बाहिरी देशबाट आएको फलभन्दा नेपालमा उत्पादन भएको फल स्वादिलो र पोषिलो हुने भएकाले बजार मूल्य राम्रै पाउने लिम्बूले बताए।

सिँचाइ सुविधा कम भएको रुखो जमिनमा पनि ड्रागन फ्रुटले उत्पादन दिने भएकाले यस खेतीतर्फ कृषक आकर्षित हुँदै आएका छन्। ग्रामीण र सहरी क्षेत्रमा मानिसले यस खेतीलाई व्यावसायिक खेतीका रुपमा लिन थालेका छन्। मोरङको बेलबारी नगरपालिका-१० का वडाध्यक्ष गंगा याक्खा, पथरी शनिश्चरे-६ पूर्ववडाध्यक्ष जयबहादुर तामाङ, पथरी शनिश्चरे-२ का प्रवेश राई र सुनवर्षी नगरपालिकाका गणेश राईले व्यावसायिक ड्रागन खेती गर्दै आएका छन्।

ड्रागन खेती सुक्खा र पानी नजम्ने नेपालको सबै ठाउँमा हुने गर्दछ। एक पटक लगाएको खेतीले २५ वर्षसम्म आम्दानी दिने व्यवसाय भएकाले यसप्रति कृषकको आकर्षण बढ्दै गएको छ। रासस 

images

प्रकाशित : शनिबार, वैशाख ३० २०८००७:२२
प्रतिक्रिया दिनुहोस