शनिबार, वैशाख ६ गते २०८२    
शनिबार, वैशाख ६ २०८२
images
images

केपी ओलीको भ्यू टावर : साढे १ अर्ब लागत, १४औँ र १५औँ तलामा रेष्टुराँ र बार

images
सोमबार, कात्तिक १५ २०७८
images
केपी ओलीको भ्यू टावर : साढे १ अर्ब लागत, १४औँ र १५औँ तलामा रेष्टुराँ र बार

१८ तला हुने टावर साढे २ वर्षमा निर्माण हुने उल्लेख छ। टावर निर्माणको कुल लागत १ अर्ब ५६ करोड १४ लाख ३९ हजार १ सय ६४ रुपैयाँ आकलन गरिएको छ।

images
images

काठमाडौं- नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला झापामा बन्ने भ्यू टावरको १४औँ र १५औँ तलामा रेष्टुराँ र बार रहने भएको छ। १ सय मिटर अग्लो भ्यू टावरमा १८ तला हुनेछन्।

images
images
images

भ्यू टावर निर्माणका लागि ओलीले प्रधानमन्त्री भएदेखि दबाब दिँदै आएका थिए। अन्तत: प्रदेश १ झापाको दमक नगरमापालकाले भ्यू टावर निर्माणका लागि आवश्यक वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन वन तथा वातावराण मन्त्रालयमा पेश गरेको छ।

images
images

मन्त्रालयमा पेश भएको रिपोर्टमा टावर साढे २ वर्षमा निर्माण हुने उल्लेख छ। टावर निर्माणको कुल लागत १ अर्ब ५६ करोड १४ लाख ३९ हजार १ सय ६४ रुपैयाँ आकलन गरिएको छ।

images
images

भ्यू टावर निर्माणको विषयमा विवाद भइरहे पनि दमक नगरपालिकाले टावर निर्माणबाट ठूलो रुपमा कुनै पनि नकरात्मक वातावरणीय प्रभाव नपर्ने भन्दै रिपोर्ट तयार पारेको हो।

KP tower (3).jpg

टावरमा पसल, अफिस,  कर्पोरेट पार्किङ, ग्यालरी तथा प्रदर्शनी हल, भ्यू डेक्स र कौसी रहने भएको छ। जसमा तल्लोभुँइतलामा कर्पोरेट पार्किङ, भुइँ तलादेखि तेस्रो तलामा पसल, ४ देखि ९ तलासम्म कर्पोरेट कार्यालय, १० देखि १३ तलामा ग्यालरी तथा प्रदर्शनी हल, १४ देखि १५ तलासम्म रेष्टुरेन्ट तथा क्याफे, १६ देखि १७ तलामा भ्यू डेक्स र १८ औँ तलामा कौसी रहने वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनमा उल्लेख छ।

टावर १३५ मिटर औसत समुद्री सतहभन्दा माथि रहने छ। रिपोर्टमा प्रतिदिन १ हजार पर्यटन भ्रमणमा आउने अनुमान गरिएको छ।

३२ हजार ७ सय ११ वर्गमिटर क्षेत्रफलमा फैलिने टावरको ग्राउन्ड कभरेज ९ सय २७ वर्ग मिटर रहनेछ। टावरमा ६७ वटा चार पाङ्ग्रे सवारी र ७५ वटा दुई पाङ्ग्रे सवारी पार्किङ गर्न मिल्ने छ। टावरमा दैनिक १ करोड ८ लाख ४ सय ५० लिटर पानी खपत हुने रिपोर्टमा उल्लेख छ।

टावरले ५०० किलोवाट विद्युत खपत गर्ने वातावरणीय प्रभाव मूल्यांकन रिपोर्टमा उल्लेख छ। टावर निर्माण आयोजनका लागि ९७ जना कर्मचारी आवश्यक पर्ने छ। 

KP tower.jpg

निर्माणका लाागि कुन सामाग्री कति?

टावर निर्माणका लागि २७ हजार बोरा सिमेन्ट आवश्यकता पर्ने प्रतिवेदनमा उल्लेख छ।

साथै १ हजार ९ सय घनमिटर बालुवा, २ हजार ८ सय घनमिटर गिट्टी, ४६ हजार गोटा ईंटा, ४ सय ४० मेट्रिक टन डण्डी र १२ सय मेट्रिक टन स्टिल लाग्ने अनुमान गरिएको छ। साथै निर्माणका लागि दैनिक १७ हजार ५ सय लिटर पानी आवश्यकता पर्ने रिपोर्टमा उल्लेख छ।

KP tower (4).jpg

टावर निर्माणबाट हुने फाइदा तथा असर

टावर निर्माण हुने क्षेत्रमा बस्ती नरहेको कारण पनि ठूलो कुनै असर नगर्ने वातावारणी प्रभाव मूल्यांकन प्रतिवेदनमा उल्लेख छ। टावर निर्माणस्थलमा राष्ट्रिय निकुञ्ज तथा जंगल नरहेको र पशुपक्षीको पनि ठूलो आवास क्षेत्र नरहेको कारण असर नपर्ने रिपोर्टमा उल्लेख छ।

फाइदामा भने स्थानीयलाई रोजगारीको अवसरदेखि नेपालको पर्यटन क्षेत्रमा फाइदा पुग्ने उल्लेख छ। वातावरणीय प्रभाव मूल्यांकन रिपोर्टमा वातावरण व्यवस्थापन योजनका कार्यान्वयनका लागि १९ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। 

KP tower (5).jpg


प्रकाशित : सोमबार, कात्तिक १५ २०७८०१:३०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend