सोमबार, वैशाख ३१ गते २०८१    
images
images

३२ सय अंक र २२ अर्ब कारोबारका सबै रेकर्ड तोडेर सेयर बजार अगाडि बढ्छ

images
images
images
३२ सय अंक र २२ अर्ब कारोबारका सबै रेकर्ड तोडेर सेयर बजार अगाडि बढ्छ

आत्तिने र मात्तिने बानी पनि राम्रो हैन। बजार हल्लाले केही हुन्न। कम्पनीको नाफाले नै लगानीकर्तालाई बोनस दिने हो। यसबाट नै फाइदा हुने हो।

images
images

सेयर बजार नयाँ रेकर्डतर्फ अगाडि बढ्ने संकेत देखिएको छ। विगतको ३२ सय अंक र २२ अर्ब रुपैयाँ हाराहारीको कारोबार तोड्दै बजार अगाडि बढ्छ। तर आजको भोलि नै हुन्छ भन्ने कुरा रहँदैन। हामीले हेर्दा ठूलो रेकर्ड जस्तो लाग्छ। अन्य देशको तुलनामा हाम्रो अंक सानै हो। भारतमा एक वर्षकै अवधिका ११ देखि १२ हजार अंकले सेयर बजार बढेको थियो। 

images
images
images

अमेरिका, जापान, कोरिया, चीन सबैकोमा बढेको छ। धितोपत्र बोर्डले नकारात्मक नजरले हेर्दा समस्या आएको हो। ५१ वटा कम्पनीको नाम निकाल्ने काम गर्‍यो। त्यही दिनबाट सेयर बजारमा नकारात्मक असरतर्फ लाग्यो। सकेसम्म हामीले सचेत गरायौँ। बोर्ड पछि हट्यो। राष्ट्र बैंकले सेयर धितो कर्जामा जुन ४ करोड र १२ करोडको व्यवस्था ल्यायो। सिडी रेसियो बढ्यो। यसले सेयर बजारमा असर पारेका छ। बजारले रेगुलेट गर्ने हो। पुँजी बजारको विकास, लगानीकर्ताको हक हितमा लागि काम गर्नुपर्ने निकायहरू नै नियन्त्रणमा लागे। 

images

रेगुलेटर नै बजार नियन्त्रणतिर लागेपछि वादविवादमा पर्छन्। पहिलेका धितोपत्र बोर्डका अध्यक्ष भिष्म ढुंगाना पनि विवादमा परे। राष्ट्र बैंकका गर्भनर पनि वादविवादमा परे। हाम्रो नियामक तथा अभिभावकहरू नै वादविवादमा पर्दा दु:ख लाग्छ। नत्र ३२ सय क्रस भइसकेको थियो बजार। अब अहिलेको अवस्था हेर्ने हो भने ७ सय जति घटेर अहिले बढ्ने क्रममा छ। अहिले २ सय ६८ अंकको सुधार आइसेको छ।

images

तर अहिले सेयर किन्नेले १५ महिना ब्याज तिरेकै छन्। दसैँ गयो तिहार आउँदै छ। यो बीचमा ५२/५३ कम्पीनीले बोनस घोषणा गरिसकेका छन्। अझ केही कम्पनी बाँकी छन्। कमाइ राम्रै छ। बालिनाली भित्र्याउने समय हो। जति नकारात्मक कुरा भए त्यति खुल्दै गयो। ४ करोड र १२ करोडको सीमा पनि मौद्रिक नीतिमा समिक्षामा सच्चिएला।

images
images

राष्ट्र बैंकले ४ करोड र १२ करोडको विषय लगानीकर्ता मात्रै नभइ कम्पनीलाई पनि गरिएको छ। सबै राष्ट्र बैंककै नियममा थियो। सिसिडी रेसियो हटाउँदा तरलता सकियो। ब्याजदर पनि बढ्यो। जसका कारण सेयर बजारमा यस्तो असर गरेको छ। फेरि राष्ट्र बैंकले ब्याजदरमा अंकुश लगायो। यसले केही सहजता भएको छ। 

लगानीकर्ताहरूमा अनुभव नहुँदा बढी डराएका पनि हुन। आत्तिने र मात्तिने बानी पनि राम्रो हैन। बजार हल्लाले केही हुन्न। कम्पनीको नाफाले नै लगानीकर्तालाई बोनस दिने हो। यसबाट नै फाइदा हुने हो। यस्तो लगानीकर्ताले पनि कम्पनीको विगतदेखि सबै विवरण हेरेर राम्रोमा लगानी गर्ने हो। विस्तारै बजारले लय समात्दै छ। 

२२ अर्ब र ३२ सयको अंकभन्दा माथि जान्छ, लगानीकर्ता पनि थपिँदै जान्छन्। अंक पनि बढ्दै जान्छ। नियमहरू बनाउँदा नयाँ बाटाहरू हेरेर बनाउनु पर्छ। पुरातनवादी विचारले सेयर बजारलाई हेने हो भने फेरि दुर्घटना हुन्छ। नयाँ विचारधारले हेर्नुपर्छ। बिलासीको विषयमा पनि हौवा फैलाइएको छ।

कमाउनु नराम्रो होइन। कमाएर विलासी बस्तुमा खर्च भए भन्ने आधार केही छैन। सेयर बजार जब बढ्न थाल्छ नकारात्मक हल्ला फैलाउने काम नियमकहरूबाट नै हुन्छ। यो रोकिनु जरुरी छ। नेपालमा साना लगानीकर्ता रहेका छन्। जसलाई सानो हल्ला फैलाउँदा पनि आत्तिने र सेयर बिक्री गर्ने गर्दछन्। जसका कारण नेपालको सेयर धेरै तलमाथि हुने गरेको छ। 

(राैनियार इन्भेष्टर्स फोरम नेपालका अध्यक्ष हुन्। उनीसँग बिजनेस न्युजले गरेको कुराकानीमा आधारित विचार।)

images

प्रकाशित : बिहीबार , कात्तिक ११ २०७८११:४२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend