शुक्रबार, चैत १६ गते २०८०    
images
images

सेयर बजार २४ सय तल झर्दैन त्यसपछि नयाँ रेकर्डमा जान्छ

images
images
सेयर बजार २४ सय तल झर्दैन त्यसपछि नयाँ रेकर्डमा जान्छ

आगामी दिनमा धेरै अंकले पनि नबढ्ने र नियन्त्रित रेसियोको बाटोमा सेयर बजार जाने देखिन्छ। सेयर बजार नियन्त्रित अनुपातमै अघि बढे पनि तल होइन माथि नै जाने देखिन्छ। 

images
images

काठमाडौं- पछिल्लो समय सेयर बजार अस्थिर भयो। कतिपय अवस्थामा लगानीकर्ताहरू प्यानिक हुने पनि देखियो। गलत सूचना फैलाएर लाभ दिनेहरू पनि यही अवधिमा देखिए। 

images
images
images

अबको अवस्थामा भने लगानीकर्ता प्यानिक हुनेगरि बजार घट्ने देखिदैँन । कारोबार रकममा खासै सुधार नभए पनि बजारको सेन्टिमेन्ट राम्रो सकारात्मक देखिएको छ। आगामी दिनमा धेरै अंकले पनि नबढ्ने र नियन्त्रित रेसियोको बाटोमा सेयर बजार जाने देखिन्छ। सेयर बजार नियन्त्रित अनुपातमै अघि बढे पनि तल होइन माथि नै जाने देखिन्छ। 

images

यसको एउटा मुख्य आधार भनेको नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षा गर्दैछ। यो पहिलो त्रैमासिक समीक्षाबाट सुधारको टेको लाग्ने आश गर्न सकिन्छ। तर केन्द्रीय बैंकले नीतिमा केही सुधार गरेन भने सेयर बजारमात्र होइन अर्थतन्त्र नै डामाडोल हुन्छ। 

images
images

अहिलेको अवस्थामा नेपाली अर्थतन्त्रले अतिरिक्त तरलता माग गरेको छ। यसका लागि अहिलेको तुलनामा पैसाको प्रवाह बढाउनुपर्छ। केन्द्रीय बैंक जिम्मेवार संस्था भएका कारण बजारको माग र मर्मअनुसार नै गर्छ भन्ने अपेक्षा हामीले राख्नु पर्छ। अरु विषय त राष्ट्र बैंकका पदाधिकारीहरूले पनि जान्नु भएको होला। के गर्नु पर्छ के गर्न हुन्न भनेर। 

अहिलेको मुख्य काम भनेको तत्काल तरलताको समस्या समाधान हुनैपर्छ। यति भएपछि समग्र अर्थतन्त्रसँगै सेयर बजारमा पनि राम्रो संकेत देखिनेछ तर अन्तत: परिणाम पनि राम्रो देखिन्छ। सेयर बजारको ओरालो यात्रा लगभग सकिएको छ। अझै तल आए पनि यो भन्दा तल आउने अवस्था देखिँदैन।

दुई महिना डाउन साइज मुभमेन्टभ आइसकेको छ। यसबाट एउटा स्वभाविक ट्रेन्ड के देखिन्छ भने अहिलेसम्मकै बजारको उच्च बिन्दुलाई उछिन्ने गरी बजारले लय समात्छ। माइक्रोफाइनान्स, बिमा र बैंकिङ सेक्टर अब बढ्न सक्ने क्षेत्र हुन्। अहिलेसम्मको सम्भावनाले यही देखाउँछ। 

सुधारका लागि सबैभन्दा पहिलो बैंकिङ क्षेत्रमा रहेको तरलता समस्या समाधान हुन पर्छ। बैंकहरू अहिले ऋण दिन सक्ने क्षमतामा छैनन्। राष्ट्र बैंकको सीडी रेसियोले गर्दा ल्याएको समस्या हो। सीडी रेसियोमा जे जति सुधार गर्न सकिन्छ वा राष्ट्र बैंकले कस्तो नीति लिएर आउँछ त्यसमा भर पर्छ। जसरी भए पनि बैंकको तरलता अभाव समस्या सम्बोधन हुन पर्छ। अर्को रेमिट्यान्स रकम पनि कम हुँदै आएको छ। जसको असर सेयर बजारमा देखिएको छ। रेमिट्यान्स रकममा सुधार भएको अवस्थामा पनि तरलता अभावलाई केही सहजता बनाइदिन्छ। सरकारी लगानीका कामहरू द्रुत गतिमा हुनु पर्छ। यसबाट सरकारले दिने पेमेन्ट छिट्टो रिलिज गरिदिएको अवस्थामा तरलता अभावलाई कम गर्न सहजता हुन्छ। 

अर्को कुरा विलासी सामानको आयातमा कडाई गर्नु पर्छ। हैन भने हाम्रो रकम भने बाहिर गइरने र नेपालले भने आफ्नो ढुकुटी बलियो बनाउन सक्दैन। रेमिट्यान्स रकम नै हो यसलाई बलियो बनाउने। तर रेमिटेयान्स रकमको विषय हाम्रो कन्ट्रोलमा हुँदैन। हामीले कन्ट्रोल गर्ने भनको आयातलाई नै कन्ट्रोल गर्ने हो।

आयातमा अन्य बस्तुलाई कन्ट्रोल गर्न भएन विलासी बस्तुको आयात मात्रै रोक्ने हो। बरु सरकारले एउटा नीति ल्याएन सक्छ विद्युतीय गाडीलाई बढी छुट दिने। अरु मंहगा खालाका आवश्यकता नभएका सवारीमा प्रतिबन्ध लगाउने हो। यसबाट पनि तरलता अभावमा सहजता हुन्छ। अर्को राष्ट्र बैंकले सेयर कर्जामा ल्याएको ४ करोड र १२ करोड नीतिमा संस्थागत लगामी कर्तालाई त्यो सिमा भन्दा बाहिर जान दिनु पर्छ। 

यी काम भएको अवस्थामा सेयर बजार बढ्छ। अब घट्दा २४ सय भन्दा तल आउँदैन। आउने सम्भावन कम छ यो बुललाई एक वर्षसम्मलाई लिएर हेर्ने हो भने ५ हजारको अंकमा बजार पुग्छ।

(विश्लेषक विष्णु प्रसाद बस्यालसँग गरिएको कुराकानीमा आधारित)

 

images

प्रकाशित : सोमबार, कात्तिक ८ २०७८०१:४६

प्रतिक्रिया दिनुहोस
images
ट्रेन्डिङ