बिहीबार , चैत १५ गते २०८०    
images
images

देशको पूर्वाधार बनाउने जिम्मा दिएको व्यवसायीले पनि इमान देखाउनु पर्छ

images
images
देशको पूर्वाधार बनाउने जिम्मा दिएको व्यवसायीले पनि इमान देखाउनु पर्छ

सरकारले निर्माण व्यवसायीलाई विश्वास गरेर देशको पूर्वाधार बनाउने जिम्मा दिएको व्यवसायीले पनि इमान देखाउनैपर्छ । देश निर्माणको अभिभारा वहन गरेजस्तो लाग्छ।

images
images

सरकारले निर्माण व्यवसायीलाई विश्वास गरेर देशको पूर्वाधार बनाउने जिम्मा दिएको व्यवसायीले पनि इमान देखाउनैपर्छ। देश निर्माणको अभिभारा वहन गरेजस्तो लाग्छ।

images
images
images

पूर्वाधार निर्माण टिकाउ बनाउन निर्माण व्यवसायी इमानदार हुनैपर्छ। मेरो बारेमा कुरा गर्दा पारिवारिक पृष्ठभूमिलाइ हेर्ने हो भने यो क्षेत्रमा लाग्ने मै पहिलो व्यक्ति हुँ। पढाइको सिलसिलामै आफूभन्दा अग्रजहरूले गरेको देखेर यो क्षेत्रमा लागेको हुँ। यो क्षेत्रमा लागिरहँदा देशको सेवा गरिरहेजस्तो महसुस भएको छ। निजामती सेवामार्फत देशको सेवा गर्न नपाए पनि राज्यले दिएको जिम्मेवारीलाई कुशलतापूर्वक निर्वाह गरेर देश निर्माणको अभिभारा वहन गरेजस्तो लाग्छ। 

images

मेरो हकमा नवलपरासीको उट्टी खोला सिँचाइ आयोजना मैले बिर्सन नसक्ने योजना हो। जम्मा १२ करोडको आयोजना हो। तर त्यस परियोजनाले त्यहाँका स्थानीयमा पारेको प्रभावले गर्दा त्यहाँ काम गरिरहँदा असाध्यै सन्तुष्टि मिलेको छ।

images
images

वर्षौंदेखि त्यहाँका किसानले आफ्नो जमिनमा सिँचाइ सुविधा पाएका थिएनन्। हामीले त्यो आयोजना सम्पन्न गरेपछि अहिले किसानले उर्बर जमिनमा खेती गर्न पाएका छन्। कृषिमार्फत नै आफ्नो आयआर्जनको बाटो फेला पारेका छन्। 

यस्तै, खैरहनी नगरपालिकाको पम्फा खोलामा एउटा पुल नहुँदा त्यहाँका स्थानीयले वर्षौंदेखि कष्टकर जीवन बिताउँदै आएका थिए। सरकारले पुल बनाउन थुप्रै निर्माण कम्पनीहरूलाई जिम्मा दिए पनि विविध कारणले बन्न सकेको थिएन। हामीले त्यही खोलामा ३ महिनामै पुल निर्माण सम्पन्न गर्‍यौं। सरकारले हामीलाई १ वर्षको समयसीमा दिए पनि अगावै परियोजना सम्पन्न गर्‍यौं। अहिले यहाँका जनता असाध्यै खुसी छन्। निर्धक्कसँग आउजाउ गर्न पाएका छन्। 

हामीले चितवनकै राप्ती नगरपालिकामा आरसीसी कंक्रिट वालको एउटा काम गरिरहेका छौँ, जुन लगभग अन्तिम चरणमै छ। त्यो परियोजनालाई म कामभन्दा बढी सेवाको हिसाबले हेरिरहेको छु ।

चितवन राष्ट्रिय निकुञ्जका जनावर बस्तीमा पसेर मानवीय र भौतिक संरचनामा क्षति पुर्‍याउने काम भएको थियो। त्यसलाई रोक्न संघीय, प्रदेश र स्थानीय सरकारको संयुक्त समन्वयमा सुरु भएको यो परियोजनामा आफू जोडिन पाउँदा खुसी छु।  

पूर्वाधार विकासमा निर्माण व्यवसायीको भूमिका 

नेपालमा निर्माण व्यवसायीको भूमिका उच्च नै रहेको देख्छु। देश निर्माण गर्ने अभिभारा हामी निर्माण व्यवसायीले लिएका छौँ। यो सरकारलाई र आम जनतालाई पनि थाहा भएकै कुरा हो।

भूमिकाकै कुरा गर्दा सर्वप्रथम हामी निर्माण व्यवसायी इमानदार हुनैपर्छ। सरकारले हामीलाई विश्वास गरेर देश निर्माणको काम सुम्पेको छ भने त्यो विश्वासमा निर्माण व्यवसायीले प्रतिबद्ध रहेर अगाडि बढ्नुपर्छ। यसको अर्को कुनै विकल्प छैन । त्यसका लागि पहिले सरकारले दिएको जिम्मेवारीलाई समयमै सम्पन्न गर्नु पहिलो दायित्व हो। अर्को कुरा, हामीले गुणस्तरमा कहिल्यै सम्झौता गर्नुहुन्न जसले गर्दा पूर्वाधार विकास प्रगतिको आधार बन्न पुगोस्।  

पूर्वाधारलाई दिगो बनाउन कुन कुन पक्षमा विशेष ध्यान दिने
यो विषयमा पहिले सरकारै जिम्मेवार बन्नुपर्छ जस्तो लाग्छ। सरकारले कुनै पनि योजना छनोट गर्दा त्यसको वर्तमान र भविष्यमा पर्न सक्ने प्रभावबारे राम्रोसँग अध्ययन हुन जरुरी छ। नामको मात्र ठूलो परियोजनाभन्दा पनि त्यसले जनतालाई कत्तिको लाभ दिन सक्छ र भविष्यमा यसको महत्व कति हुन्छ भन्ने विषयलाई ध्यान दिन जरुरी छ ।

अर्को कुरा, त्यो परियोजनाको जिम्मेवारी निर्माण व्यवसायीलाई दिँदै उनीहरूको समस्याबारे पनि सरकार जानकार हुनुपर्‍यो। नत्र मुआब्जादेखि स्थानीयको विरोध र भौगोलिक कारणले २ वर्षमा सम्पन्न गर्नुपर्ने परियोजना १०औँ वर्षसम्म अलपत्र परेका उदाहरण प्रशस्तै छन्। यसले दिगो विकासलाई असर पुर्‍याउन सक्छ।

नेपाली निर्माण व्यवसायीसँग दक्ष जनशक्ति र कुनै पनि उपकरणको अभाव छैन। यसमा सरकारको समयसापेक्ष नीति र नियमको ल्याप छ। निर्माण व्यवसायीका ऐन नियमलाई सरकारले समयअनुसार परिवर्तन गर्नुपर्‍यो।

तब पो हामी आफैँ सक्षम हुन्छौँ। नेपालको निर्माण क्षेत्रमा विदेशी निर्माण व्यवसायीलाई बोलाउनैपर्दैन। सरकारले विदेशी निर्माण व्यवसायीलाई जसरी आयकरदेखि भन्सारसम्म सहुलियत दिइएको छ, त्यो सुविधा हामीले पनि पाउने हो भने सरकारले दिएका जुनसुकै काम गर्न सक्षम छौँ। 

गुणस्तरीय मेसिन र उपकरणको आवश्यकता

भेरी बबई डाइभर्सनमा प्रयोग गरिएको टनेल बोरिङ मेसिन नै यसको एउटा उदाहरण हो। यदि नेपालमा त्यो मेसिन आउँदैनथ्यो भने त्यति लामो सुरुङ बनाउन कति समय लाग्थ्यो? तपाईंहामी त्यसको कल्पना गर्न सक्छौँ। पहिले हामी टिनको जस्तापातामा अलकत्रा र चिप्स मोलेर पीच गथ्र्यौं। आज अस्पाल प्रविधिबाट कयौँ किलोमिटर सडक छोटो समयमै कालोपत्रे गर्न सक्छौँ। यो प्रविधिककै कारण सम्भव भएको हो।

तर, यस्ता सबै उपकरण निर्माण व्यवसायीले नै खरिद गर्न सक्दैनन्। यसका लागि सरकारले सहयोग गर्न आवश्यक छ। त्यस्ता उपकरण भित्र्याउन सरकारले हामीलाई सहुलियतदेखि भन्सार छुटसम्मको व्यवस्था गरिदिनुपर्छ र आफैंले पनि लगानी गर्नुपर्छ। मैले भर्खरै खरिद गरेको दूसान मेसिनको क्षमता उत्कृष्ट लाग्यो ।

मैले अहिले गरिरहेको सडकको काममा दूसाननै प्रयोग भइरहेको छ। जस्तोसुकै पहाडमा पनि खन्न सक्ने, मजबुत र टिकाउमा डोसान सर्वोत्कृष्ट लाग्यो । यसले दिने  नतिजादेखि म सन्तुष्ट छु।

(लेखक शर्मा निर्माण व्यवसायी हुन् )

images

प्रकाशित : बिहीबार , भदौ ३ २०७८१२:१४

प्रतिक्रिया दिनुहोस
images
ट्रेन्डिङ