काठमाडौं- बुधबार नेपाली बजारमा सुन तथा चाँदीको मूल्य बढेको छ। मंगलबारको तुलनामा सुनको मूल्य तोलामा ८ सय र चाँदीको मूल्य २५ रुपैयाँ बढेको हो।
मंगलबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ४ सय रुपैयाँमा कारोबार भएको थियो। बुधबारका लागि सुनको मूल्य तोलमा ८ सय रुपैयाँ बढेर १ लाख १ हजार २ सय रुपैयाँ कायम भएको छ।
त्यस्तै चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँ बढेको हो। बुधबारका लागि चाँदीको मूल्य प्रतितोला १४ सय रुपैयाँ तोकिएको छ। मंलबार चाँदी प्रतितोला १३ सय ७५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।