बुधबार, वैशाख १२ गते २०८१    
images
images

पोखरा विमानस्थलको भूमिस्थ सेवा प्रदान गर्न प्राधिकरणलाई वायुसेवा निगमको अनुरोध

images
images
images
पोखरा विमानस्थलको भूमिस्थ सेवा प्रदान गर्न प्राधिकरणलाई वायुसेवा निगमको अनुरोध

सोमबारदेखि यान्त्रिक परीक्षण उडान भइरहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको भूमिस्थ सेवा प्राधिकरण आफैँले गर्ने जनाएको थियो।

images
images

काठमाडौं- राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको भूमिस्थ सेवा ‘ग्राउण्ड ह्याण्डलिङ’ निगमलाई प्रदान गर्न नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणलाई अनुरोध गरेको छ।

images
images
images

निगमले ग्राउण्ड ह्याण्डलिङमा लामो अनुभव रहेको र सोहीअनुसारको दक्ष जनशक्ति तथा आवश्यक प्राविधिक स्रोत साधनको उपलब्धता रहेकाले निगमलाई प्रदान गर्न अनुरोध गरिएको निगमका प्रवक्ता अर्चना खड्काले जानकारी दिइन्। 

images

सोमबारदेखि यान्त्रिक परीक्षण उडान भइरहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको भूमिस्थ सेवा प्राधिकरण आफैँले गर्ने जनाएको थियो।

images

‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा निगमको स्थापनाकालदेखि नै आफ्नो र अन्य अन्तर्राष्ट्रिय एयरलाइन्सहरूलाई ग्राउण्ड ह्याण्डलिङ सेवा प्रदान गर्दै आएको छ। ग्राउण्ड ह्याण्डलिङ कार्यमा लामो समयसम्मको व्यवस्थापकीय अनुभव, सोहीअनुसारको स्रोत साधन र जनशक्ति रहेकाले पोखरा विमानस्थलको ग्राउण्ड ह्याण्डलिङ कार्यसमेत निगमलाई नै प्रदान गर्न व्यवस्थाका लागि अनुरोध गरिएको छ’, निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

images
images

निगमले अन्तर्राष्ट्रियस्तरको ग्राउण्ड ह्याण्डलिङ सेवा दिइरहेको र आइसागो, आयोटा सेफ्टी अडिट फर ग्राउण्ड अपरेसन्स सर्टिफाइड रहेको निगमले उल्लेख गरेको छ। साथै आन्तरिक वायुसेवाको भूमिस्थ सेवासमेत गर्न सक्षम भएको छ।

निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउण्ड ह्याण्डलिङ कार्य गर्दै आएको छ। निगमले अन्तर्राष्ट्रिय उडानतर्फ हाल भारतका तीनसहित आठ देशका विभिन्न १० वटा गन्तव्यमा उडान सञ्चालन गर्दै आएको छ।

दिल्ली उडान कटौतीले आम्दानी खुम्चियो

निगमले मुख्य आम्दानी हुने भारतको नयाँदिल्ली गन्तव्यको उडान कटौती हुँदा आफ्नो आम्दानी खुम्चिएको जनाएको छ। काठमाडौं-दिल्ली गन्तव्यमा साताको १४ उडान गर्दै आएकामा हालैको उडान तालिकामा साताको १० वटा उडान मात्र प्राधिकरणबाट स्वीकृत भएकोले निगमको आम्दानीमा सङ्कुचन भएको निगमले विज्ञप्तिमा जनाएको छ। 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र प्राधिकरणको निर्देशनानुसार निगम व्यवस्थापनले निर्णय गरी सञ्चालक समितिको समेत स्वीकृतिपश्चात साताका चार उडान गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा (काडमाडौं-दिल्ली-भैरहवा-काठमाडौं) उडान गर्ने गरी स्वीकृतिका लागि प्राधिकरणमा पठाइसकिएको छ।

साथै निगमको कटौती भएको उडान यथावत सञ्चालन गर्ने र आवश्यकताअनुसार अन्य गनतव्यमा उडान थप गर्नसमेत मन्त्रालय र प्राधिकरणलाई अनुरोध गरिएको निगमले जनाएको छ। रासस

images

प्रकाशित : मंगलबार, मंसिर ६ २०७९०१:०२

प्रतिक्रिया दिनुहोस