काठमाडौं- नेपाल एयरलाइन्सले भारतको राजधानी नयाँ दिल्लीबाट भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा हप्तामा चार उडान गर्ने भएको छ।
सरकारी स्वामित्वको एयरलाइन्सले काठमाडौं-दिल्ली-भैरहवा-काठमाडौं गन्तव्यमा हप्तामा चार उडान गर्ने भएको छ।
यसअघि काठमाडौंबाट मात्र उडान गर्दै आएको एयरलाइन्सले अबदेखि भैरहवाबाट समेत उडान गर्ने भएको छ। भैरहवाबाट उडान नगरेको भन्दै यसअघि नेपाल नागरिक उड्डयन प्राधिकरणले काठमाडौंबाट गर्ने उडान तालिका कटौति गरिदिएको थियो।
नेपाल एयरलाइन्सलाई भैरहवाबाट नयाँ दिल्ली उडानको अनुमति दिइएको नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले जानकारी दिए। एयरलाइन्सले नोभेम्बर २८ देखि उडान सुरु गर्नेगरि अनुमति पाएको छ।