आइतबार, वैशाख ७ गते २०८२    
आइतबार, वैशाख ७ २०८२
images
images

मासिक पर्यटक आगमन : ३२ महिनाकै उच्च 

images
बिहीबार , मंसिर १ २०७९
images
मासिक पर्यटक आगमन : ३२ महिनाकै उच्च 

महामारी सुरु हुनु पहिले यो सिजनमा मासिक एक लाखमाथि पर्यटक आउने गरेका थिए। 

images
images

काठमाडौं- सन् २०२२ को अक्टुबरमा गएको ३२ महिनाकै उच्च मासिक  पर्यटक आगमन भएको छ। 

images
images
images

पर्यटन बोर्डको तथ्यांक अनुसार एक महिनामा आउने विदेशी पर्यटक अक्टुबरमा गएको ३२ महिनाकै धेरै आएका छन्। अक्टुबरमा ८८ हजार ५८२ विदेशी नेपाल भित्रिएका छन्। 

images
images

कोरोना महामारी सुरु हुनुभन्दा पहिला मात्र एकै महिनामा योभन्दा धेरै पर्यटक आएका थिए। तथ्यांक अनुसार सन् २०२० को फेब्रुअरिमा ९८ हजार पर्यटक भित्रिएका थिए। त्यसपछि महामारीका कारण लागेको लकडाउनले पर्यटक आगमन सीमित भएको थियो। महामारीका विभिन्न लहरले गर्दा जारी गरिएको लकडाउनले पर्यटक आगमन संकुचित भएको थियो। 

images
images

सन् २०२१ को अक्टुबरदेखि पर्यटक आगमन बढ्न सुरु भएको थियो। त्यसयता निरन्तर वृद्धि देखिएको छ। यो वर्षको अक्टुबरमा पछिल्लो ३२ महिनाकै उच्च मासिक पर्यटक नेपाल भित्रिएका छन्। 

विश्व अर्थमन्त्रमा मन्दीको संकेत देखिएपनि नेपाल आउने पर्यटकको संख्यामा निरन्तर वृद्धि भइरहेको छ। यद्यपि यो संख्या महामारीअघिको तहमा भने पुगेको छैन। 

महामारी सुरु हुनु पहिले यो सिजनमा मासिक एक लाखमाथि पर्यटक आउने गरेका थिए। 


प्रकाशित : बिहीबार , मंसिर १ २०७९०४:३८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend