आइतबार, वैशाख ७ गते २०८२    
आइतबार, वैशाख ७ २०८२
images
images

इतिहासमै पहिलो पटक गाङछेँपोको चुचुरोमा आरोही

images
मंगलबार, कात्तिक २९ २०७९
images
इतिहासमै पहिलो पटक गाङछेँपोको चुचुरोमा आरोही

चर्चित नेपाली पर्वतारोही सानु शेर्पा र लालबहादुर वाइबाले सिन्धुपाल्चोक तर्फबाट पहिलो पटक गाङछेँपो (६,३७८ मिटर) हिमाल आरोहण गरेको केही दिनमै अरु तीन जनाले पनि सो हिमालको चुचुरो चुम्न सफल भएका हुन्।

images
images

काठमाडौं- इतिहासमै पहिलो पटक सिन्धुपाल्चोक तर्फबाट गाङछेँपो हिमालको सफल आरोहण भएको छ। आरोहण टोलि नेता  रबिन्द्र अर्यालसहित न्यू भिजन नेपालले आयोजना गरेको दिगो पर्यटन विकास कार्यक्रममा अध्यक्ष अशोक भट्टले शुक्रबार दिउँसो ११ बजे गाङछेँपोको चुचुरो चुम्न सफल हुनुभएका छन्।

images
images
images

चर्चित नेपाली पर्वतारोही सानु शेर्पा र लालबहादुर वाइबाले सिन्धुपाल्चोक तर्फबाट पहिलो पटक गाङछेँपो (६,३७८ मिटर) हिमाल आरोहण गरेको केही दिनमै अरु तीन जनाले पनि सो हिमालको चुचुरो चुम्न सफल भएका हुन्।

images
images

मोगानका महासचिवसमेत रहेका रामकाजीले क्याम्प-१ बाट सजिलैसँग ११ घण्टा लगाएर हिमालको चुचुरोमा पुग्न सफल भएको बताउँछन्। नेपालको पर्वतीय क्षेत्रमा थप सफलता हासिल गरेको र नयाँ आरोहण गन्तव्य थपिएको उनको भनाइ छ।

images
images

टोलीद्वारा गाङछेँपो हिमालको रुट पत्ता लगाउँदै केही दिन अगाडि मात्रै आरोही सानु शेर्पा र लाल वाइबाले पहिलो पटक सिन्धुपाल्चोक तर्फबाट चुचुरोमा पुगेका थिए।

himal 2.jpeg

सजिलै नयाँ रुट खुलाउँदै चुचुरामा पुग्न सफल भएको उनको भनाइ छ। इटालीका प्याराक्लाइम्बिङ टोलीका विश्व च्याम्पियन सिमोन सालभाग्निन र सगरमाथा आरोही तथा अन्तर्राष्ट्रिय माउन्टेन गाइड लुका मोन्टानारी र डी’एमिलिया अलेसेन्ड्रो, डेला मुरा मार्कोसहित नेपाली आरोहीको एक टोली आरोहणको लागि ओक्टोबर २९ (शनिबार) त्यसतर्फ प्रस्थान गरेका थिए।

आरोहण दललाई सहयोग गर्न विश्वको १४ वटा ८ हजार मिटर हिमालको दोहोरो आरोही विश्वप्रसिद्ध नेपाली माउन्टेन गाइड सानु शेर्पा शेर्पाको साथ  रहेको थियो।

दिगो पर्यटनद्वारा स्थानीय समुदायको भविष्यको विकास गर्ने लक्ष्य लिएर उक्त हिमालको रुट खुलाउने र आरोहण गर्ने योजना बनाएका गरिमा भोयज टुर्स एण्ड ट्राभलका संस्थापक रवीन्द्र आर्यालले बताए। गरिमा भोयज र न्यू भिजन नेपाल संस्थाले संयुक्त रुपले सुरु गरेको ग्रामीण विकास र दिगो पर्यटनको परियोजनालाई विश्व सामु ध्यानाकर्षण गराउने उद्देश्यले आरोहण गरिएको आर्यालले बताए। 

गाङछेँपो हिमाल आरोहणको अभियान गरिमा भोयजले गरेका हुन् भने सम्पूर्ण ग्राउन्ड ह्याण्ड्लिङ तथा आरोहण प्राविधिक सहयोग माउन्टेन गाइड एसोसिएसन अफ नेपाल (मोगन)ले गरेको छ।

गरिमा भोयजको पहल गरिएको आरोहण अभियानलाई इटालीको एक प्रतिष्ठत मोन्टुरा आउटडोर कम्पनीद्वारा सहयोग गरेको छ। त्यस्तै, अभियानलाई पाँचपोखरी थाङपाल गाउँपालिका, नेपाल पर्वातोरहण संघ, मोगानलगायत विभिन्न व्यक्ति तथा संघ-संस्थाको साथ रहेको थियो।

आरोहण टोलीले काठमाडौँदेखि मेलेम्ची हुँदै भोटाङसम्म गाडी यात्रा गरेका थिए। त्यसपछि टुपी, डाँडा, नोस्याङपाटी, पाँचपोखरी, छ्याक्साल, ल्याङसिङ भ्याली हुँदै दक्षिण वेसक्याम्पसम्म पैदल यात्रा गरेका थिए।

अरोहण टोली काठमाडौँबाट ६ दिनमा बेस क्याम्प पुगेका थिए। १० दिनमा बाटो पहिचान र रोप फिक्सिङ गर्दै गाइड सानु शेर्पा र लाल वाइबा चुचुरोमा पगेका थिए।


प्रकाशित : मंगलबार, कात्तिक २९ २०७९०५:५५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend