आइतबार, वैशाख ७ गते २०८२    
आइतबार, वैशाख ७ २०८२
images
images

१० महिनामै साढे २७ लाखभन्दा बढीले गरे अन्तर्राष्ट्रिय हवाई यात्रा, कतार एयरलाई पछ्याउँदै नेपाल एयरलाइन्स र हिमालय

images
मंगलबार, कात्तिक २९ २०७९
images
१० महिनामै साढे २७ लाखभन्दा बढीले गरे अन्तर्राष्ट्रिय हवाई यात्रा, कतार एयरलाई पछ्याउँदै नेपाल एयरलाइन्स र हिमालय
images
images

काठमाडौं- सन् २०२२ को १० महिनामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २७ लाख ५२ हजार २७ जनाले यात्रा गरेका छन्।

images
images
images

विमानस्थल कार्यालयको तथ्यांकअनुसार यो बीचमा १४ लाख ९३ हजार १०५ जना बाहरिएका छन् भने १२ लाख ५८ हजार ९२२ जना भित्रिएका छन्।

images
images

सन् २०२१ देखि नै आन्तरिक उडान लयमा देखिएपनि अन्तर्राष्ट्रिय उडानमा खासै सुधार भएको थिएन। मुख्य गन्तव्यहरूमा उडान प्रतिबन्ध कायमै रहँदा सन् २०२१ भर अन्तर्राष्ट्रिय उडानले लय समात्न सकेको थिएन। तर सन् २०२२ सुरु भएसँगै अधिकांश गन्तव्य मुलुकले उडान नियम खुकुलो बनाएका छन्।

images
images

उडान सञ्जाल जोडिएका मुलुकले बनाएको खुकुलो नियम, वैदेशिक रोजगारीमा भएको वृद्धिका कारणले गर्दा अन्तर्राष्ट्रिय उडानमा यात्रु संख्यामा उल्लेख्य वृद्धि देखिएको हो।

विमानस्थल कार्यालयका अनुसार १० महिनामा १९ हजार २७८ उडान/अवतरण भएका छन्।

विमानस्थल कार्यालयका अनुसार सबैभन्दा धेरै यात्रु बोक्ने एयरलाइन्समा कतार एयरवेज एक नम्बरमा रहेको छ। सन् २०२२ को जनवरीदेखि जुन अन्तिमसम्म ५ लाख ३१ हजार ४६७ यात्रुलाई सेवा दिएको छ।

त्यस्तै दोस्रोमा नेपाल एयरलाइन्स छ। नेपाल एयरलाइन्सले योबीचमा ४ लाख ८२ हजार ६९९ यात्रुलाई सेवा दिएको छ। हिमालय एयरलाइन्सले  ३ लाख २० हजार ४३७ र फ्लाई दुबईले २ लाख ८१ हजार ८३९ यात्रुलाई अन्तर्राष्ट्रिय हवाई सेवा दिएको थियो।


प्रकाशित : मंगलबार, कात्तिक २९ २०७९०१:२१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend