आइतबार, वैशाख ७ गते २०८२    
आइतबार, वैशाख ७ २०८२
images
images

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नोभेम्बर ३० देखि क्यालिब्रेसन उडान हुने

images
सोमबार, कात्तिक २१ २०७९
images
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नोभेम्बर ३० देखि क्यालिब्रेसन उडान हुने
images
images

काठमाडौं- पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नोभेम्बर ३० देखि क्यालिब्रेसन उडान हुने भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक इन्जिनियर प्रदीप अधिकारीका अनुसार विमानस्थल निर्माण कम्पनीले ३० नोभेम्बरदेखि क्यालिब्रेसन उडान गर्ने भएको छ।

images
images
images

विमानस्थल सञ्चालनमा अवरोध देखिएको रिठेपानी डाँडा कटानीको काम आजदेखि सुरु भएकोसमेत उनले बताए। ४० मिटरमध्ये १४ मिटर डाँडा कटानी नोभेम्बर ३० भित्रै हुने र नोभेम्बर ३० बाट क्यालिब्रेसन उडान सुरु हुने उनको भनाइ छ।

images
images

विमानस्थलमा जडान भएका उपकरण लगायतको परीक्षण गर्ने कामलाई क्यालिब्रेसन उडान भनिन्छ। 

images
images

विमानस्थलको उडानमा अवरोध देखिएको डाँडा कटानीको जिम्मा उमा/गल्वा जोयन्ट भेन्चर छनोट भएको छ। प्राधिकरणले डाँडा कटानीका लागि करसहित ३२ करोड ३० लाख ४४ हजार ७ सय ८७ रुपैयाँमा जिम्मा दिएको छ। 

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गरी पर्यटन उद्योगको प्रबर्द्धन गर्ने सरकारी लक्ष्य छ। सन् २०११ मा आयोजना सुरु भएता पनि नेपाल सरकार र चीन सरकारबीच २०१७ मार्चमा ऋण सम्झौता भइ सन् २०२१ सम्म सम्पन्न गर्ने लक्ष्यसहित काम थालनी भएको थियो। 

चिनियाँ कम्पनी सिएएमसी इन्जिनियरिङले २०७४ साल असारदेखि विमानस्थलको काम सुरु गरेको थियो। अहिले विमानस्थल निर्माणको काम सम्पन्न भइसकेको छ।

यो आयोजनाको कुल अनुमानित लागत २१ अर्ब ६० करोड रहेको छ।अन्तर्राष्ट्रिय उड्डयन संस्था (आईकाओ)को मादण्डअनुसार फोरडी मोडलमा निर्माण हुने पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा मध्यस्तरका जहाजबाट उडान तथा अवसतरण गर्न सकिने छ। पोखरा विमानस्थललाई हव बनाएर बुद्ध एयरले अन्तर प्रदेश तथा भारतका सहरहरूमा समेत उडान गर्ने तयारी गरिरहेको छ।


प्रकाशित : सोमबार, कात्तिक २१ २०७९०४:२७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend