जनकपुर- महर्षि जनकको पूण्यभूमि, माता जानकीको पवित्र जन्मस्थलको रुपमा परिचित जनकपुरधाम चाडबाडको समय थप उल्लासमा देखिन्छ। पर्यटकीय चहलपहल बढिरहँदा धार्मिक उत्सवहरूले सहरलाई थप गुल्जार बनाइरहेको छ।
पौराणिक र ऐतिहासिक पर्यटकीय स्थलको रुपमा जानकी मन्दिर, राम मन्दिर, विवाहमण्डप, मणिमण्डप र र्स्वर्गद्वार जस्ता सम्पदा रहेको जनकपुरमा अहिले तिहारको रमझम देखिन्छ। मानिसहरू धार्मिक स्थलको दर्शनका साथै किनमेलमा व्यस्त छन्। साँझ अबेरसम्म नै बजार क्षेत्र चलायमान रहन्छ।
प्रतिक्रिया दिनुहोस