अल्टिच्युड एयरको हेलिकप्टर दुर्घटना, पाइलट सकुशल

बिजनेस न्युज
अल्टिच्युड एयरको हेलिकप्टर दुर्घटना, पाइलट सकुशल

निरन्तरको हिमपातले फसेका पर्यटकलाई ल्याउनका लागि हेलिकप्टर लुक्लाबाट लोबुचे गएको थियो।

काठमाडौं- अल्टिच्युड एयरको हेलिकप्टर सोलुखुम्बुको लोबुचेमा दुर्घटना भएको छ। 

पाइलट विवेक खड्का भने सकुशल रहेका छन्।

निरन्तरको हिमपातले फसेका पर्यटकलाई ल्याउनका लागि हेलिकप्टर लुक्लाबाट लोबुचे गएको थियो।

बिहान ८:१५ बजे अवतरणका क्रममा हिउँमा चिप्लिएर दुर्घटना भएको हो।

हेलिप्टकरमा पाइलट खड्काबाहेक अरु थिएनन् भने खड्का सकुशल रहेका छन्। क्याप्टेन खड्कालाई लिनका लागि लुक्लाबाट अर्को हेलिप्टकर लोबुचेतर्फ गइसकेको छ।

प्रकाशित : बुधबार, कात्तिक १२ २०८२०८:५१
प्रतिक्रिया दिनुहोस