शनिबार, साउन १२ गते २०८१    
तयार भयो गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल [तस्बिरहरू]

तयार भयो गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल [तस्बिरहरू]

काठमाडौं- गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य सम्पन्न भएको छ। भौतिक तथा यन्त्र उपकरण जडानको काम सम्पन्न भएर अहिले परीक्षण उडान तथा प्राविधिक परीक्षणका लागि तयार भएको हो।

images
images

विस २०७२ सालमा निर्माण सुरु भएको यो विमानस्थल चार वर्षअघि नै निर्माण सम्पन्न हुनुपर्ने थियो। तर ठेकेदार, नाकाबन्दी तथा भूकम्पका कारण निर्माण ढिला हुँदै आएको थियो।

एसियाली विकास बैंकको ऋणमा निर्माण भएको विमानस्थलको भौतिक कार्यमा ६ अर्ब ७७ करोड रूपैयाँ लागत रहेको छ। भौतिकबाहेकका जग्गा प्राप्ति, यन्त्र उपकरण जडानसहितको लागत जोड्दा यो विमानस्थलको लागत ३० अर्ब रूपैयाँमाथि पुगेको छ। 

gautam buddha final (3).jpg

निर्माण कार्य सकिएको विमानस्थलमा नियमित उडान भन्दा पहिला सुरुमा क्यालिब्रेसन उडान गर्नुपर्छ। यो उडान गर्ने जिम्मेवारी एरोथाइले पाएको छ। फागुनसम्म क्यालिब्रेसन उडान गर्ने एयरोथाइको तयारी छ।

क्यालिब्रेसन उडानका लागि अहिले एरोथाईका चार जना र अष्ट्रेलियन एक जना प्राविधिक टोली स्थलगत अध्ययन गरिरहेको छ। साथै उनीहरूलाई नेपाली प्राविधिक कर्मचारीले पनि सहयोग गरिरहेका छन्।

gautam buddha final (2).jpg
gautam buddha final (4).jpg
gautam buddha final (5).jpg
gautam buddha final (6).jpg
gautam buddha final (7).jpg
gautam buddha final (8).jpg
gautam buddha final (9).jpg
gautam buddha final (10).jpg
gautam buddha final (11).jpg

सबै तस्बिर : प्रवेश अधिकारी, विमानस्थल आयोजना प्रमुख 


प्रकाशित : बुधबार, माघ १९ २०७८०५:५७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend