आइतबार, वैशाख ३० गते २०८१    
images
images

अमेरिकालाई चिपको विवरण दिन टीएसएमसीद्वारा अस्वीकार 

images
बिजनेस न्युज
images
images
अमेरिकालाई चिपको विवरण दिन टीएसएमसीद्वारा अस्वीकार 

अमेरिकाले चिप अभाव भएपछि चिपको वितरण तथा मौजदात, कस्ता कम्पनीका कस्ता डिभाइसमा चिपको आपूर्ति भइरहेको छ भन्दै कम्पनीहरुसँग विवरण माग गरेको थियो। 

images
images

काठमाडौं- संसारकै ठूलो चिप निर्माता कम्पनी टीएसएमसीले अमेरिकी सरकारलाई तथ्यांक दिन अस्वीकार गरेको छ। 

images
images
images

विश्वव्यापी चिप अभाव भइरहेको बेला अमेरिकी सरकारले टीएसएमसीबाट विस्तृत विवरण माग गरेको थियो। अमेरिकी सरकारको मागका बारेमा जवाफ दिँदै कम्पनीले विवरण दिन नमिल्ने भन्दै जवाफ फर्काएको छ। 

images

अमेरिकी सरकारले टीएसएमसी लगायतका कम्पनीहरूसँग चिपको विस्तृत विवरण माग गरेको थियो। अमेरिकी सरकारको यस्तो माग बाहिर आएपछि औद्योगिक क्षेत्रमा ब्यापार गोप्यता भंग हुने चिन्ता बढेको थियो। 

images

'ग्राहकको गोपनीयता रक्षामा हामी सदैव लागिरहन्छौं। त्यसैले कुनै पनि ग्राहक विशेषको विवरण हामी सार्वजनिक गर्दैनौँ' टीएमसीलाई उद्धृत गर्दै रोयटर्सले लेखेको छ। 

images
images

अमेरिकाले चिप अभाव भएपछि चिपको वितरण तथा मौजदात, कस्ता कम्पनीका कस्ता डिभाइसमा चिपको आपूर्ति भइरहेको छ भन्दै कम्पनीहरुसँग विवरण माग गरेको थियो। 

अमेरिकाले विवरण दिनैपर्ने नदिए अरु उपाया प्रयोग गर्ने भन्दै चेतावनी पनि दिएको थियो। 

केही समयअघि अमेरिकी वाणिज्यसचिव गिना राइमोन्डोले भनेकी थिइन्' यदि हामीले जवाफ पाएनौ भने हामीसँग अरु पनि टुल छन्। आवश्यक तथ्यांक निकाल्नका लागि टुल बक्सको प्रयोग गर्न बाध्य हुन्छौँ।' 

images

प्रकाशित : सोमबार, कात्तिक २२ २०७८०५:११
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend