बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३
साइपाल यात्राका अद्भुत दृश्य [फोटो फिचर]

साइपाल यात्राका अद्भुत दृश्य [फोटो फिचर]

बझाङ- साइपाल हिमाल (७०३१ मि) हालसम्म कसैले पनि आरोहण गर्न नसकेको सुदूरको मुख्य हिमालमध्ये एक हो। शिखर आरोहण नभए पनि यहाँको आधार शिविरसम्मको पदयात्रा भने अहिले धेरैको आकर्षणको केन्द्र बनिरहेको छ।

सबै मौसममा यहाँ पदयात्री आउने गरेको भए पनि बैशाखदेखि असोजसम्म आउँदा यहाँको प्रकृतिले फरक तरिकाले आगन्तुकको स्वागत गर्दछ। मार्गमा रहेका झरनाहरू, तालतलैया तथा नदीनालाहरू, रंगिविरंगी फूलले ढाकेका पाटनहरू र भौगोलिक तथा जैविक विविधताको अनुपम संयोजनले यो क्षेत्र पदयात्रीका लागिसमेत नौलो अनुभव दिलाउने खालको छ। 

बझाङ सदरमुकाम चैनपुरबाट ३० किलोमिटर जिपको यात्रापछि लतीनदेखि चार दिनसम्मको पैदलयात्रामा साइपाल हिमालको आधार शिविरसम्म पुग्न सकिन्छ। समुन्द्र सतहदेखि करिब ४ हजार मिटरको उचाइमा रहेको आधार शिविरबाट आँखै अगाडि साइपाल हिमाल र यो श्रृङ्खलामा रहेका दर्जनौँ साना चुचुराहरूको दर्शन पाइन्छ। उचाइका हिसाबले पनि धेरै नभएको र बाटो पनि निकै सजिलो भएको साइपाल बेसक्याम्प अहिले धेरैको रोजाइ बनेको छ।

saipal yatra basnta (10).JPG

सदरमुकाम चैनपुरदेखि साइपाल हिमालको आधार शिविरसम्म पुग्ने बाटोमा पाइने विभिन्न दर्शनीय ठाउँ र गन्तव्यहरू छन्। जिल्लाकै आर्कषक झरना मध्येको एक ढाँकी छडा झरना पनि यही बाटोमा पर्दछ। यसबाहेक किनाडा झरना, दोतले झरना, औलागाड झरना पनि यो पदयात्रा मार्गका आकर्षण हुन्। 

डाँफे, मुनाल जस्ता चराचुरुङ्गी तथा नाउर र झारलका बथानहरूको प्रत्यक्ष अवलोकन गर्ने मौका यो बाटो हिँड्नेले सजिलै पाउने गरेको यस क्षेत्रका बासिन्दाहरू बताउँछन्। हिमाली क्षेत्रमा पाइने विभिन्न खालका जडिबुटी र वनस्पतिहरूले पनि यो यात्रालाई थप रोमाञ्चक बनाउँछन्। 

saipal yatra basnta (9).JPG
saipal yatra basnta (8).JPG
saipal yatra basnta (7).JPG
saipal yatra basnta (6).JPG
saipal yatra basnta (4).JPG
saipal yatra basnta (3).JPG
saipal yatra basnta (2).JPG
saipal yatra basnta (1).JPG

(पत्रकार वसन्तप्रताप सिंह कान्तिपुर राष्ट्रिय दैनिकमा आबद्ध छन्।)


प्रकाशित : बिहीबार , चैत ३० २०७९०६:१६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend