बिहीबार , चैत १५ गते २०८०    
images
images

२ लाख रुपैयाँमै राफ्टको विद्युतीय स्कुटर, अधिकतम रेन्ज ४८० किलोमिटर 

images
images
२ लाख रुपैयाँमै राफ्टको विद्युतीय स्कुटर, अधिकतम रेन्ज ४८० किलोमिटर 

नेपालमा उपलब्ध हुने राफ्टका विद्युतीय स्कुटरले ६० किलोमिटरदेखि ४ सय ८० किलोमिटरसम्म रेन्ज दिने दाबी कम्पनीले गरेको छ। नेपाली बजारमा राफ्टका टीस्टा, नुबरा वारियर, जिस्पा र इन्डस मोडल उपलब्ध छन्। 

images
images

काठमाडौं- आईएमई समूह पुनः दुई पांग्रे सवारीको व्यापारमा प्रवेश गरेर विद्युतीय स्कुटर भित्र्याएको हो। विद्युतीय सवारीको माग तथा प्रयोग बढ्दै गएकाले आईएमई समूह अन्तर्गतको आईएमई इलेक्ट्रिकले दुई पांग्रे सवारी केही समयअघि नेपाली बजारमा ल्याएको थियो। 

images
images
images

कम्पनीले राफ्ट ब्रान्डका ६ वटा विद्युतीय स्कुटर ललितपुर महानगरपालिकालाई हस्तान्तरण गरिसकेको छ। यद्यपी हालसम्म आईएमईले राफ्ट ब्रान्डको औचिारिक रुपमा सार्वजनिक गरेको छैन। कम्पनीले काठमाडौंमा सोरुम स्थापना गर्ने तयारी अन्तिम चरणमा पुगेको जनाएको छ। 

images

काठमाडौंमा सोरुम निर्माणसँगै कम्पनीले देशभर डिलर विस्तारको कामसमेत गरिरहेको जनाएको छ। सुरुवाती चरणमा देशभरका दर्जनभन्दा बढी मुख्यमुख्य सहरमा राफ्टको डिलर छनोट गर्ने काम सकिन लागेको छ। 

images
images

योसँगै आइएमई इलेक्ट्रिकले राफ्टले उत्पादन गरेका ५ वटा मोडलका विद्युतीय स्कुटर उपलब्ध गराउने तय भएको छ। हालै राफ्टले कम्पनीलाई दिने मोडल र त्यसको स्पेसिफिकेसन तय भएको थियो। कम्पनीले केही संख्यामा स्कुटर आयात गर्न एलसी समेत खोलिसकेको छ। 

नेपालमा उपलब्ध हुने राफ्टका विद्युतीय स्कुटरले ६० किलोमिटरदेखि ४ सय ८० किलोमिटरसम्म रेन्ज दिने दाबी कम्पनीले गरेको छ। नेपाली बजारमा राफ्टका टीस्टा, नुबरा वारियर, जिस्पा र इन्डस मोडल उपलब्ध छन्। 

यी स्कुटरको सुरुवाती मूल्य  करिब २ लाख रुपैयाँ र ४ सय ८० किलोमिटर रेन्ज दिने स्कुटरको मूल्य करिब ६ लाख रुपैयाँ पर्ने छ। 

आईएमई समूहले भारतको मुम्बईमा रहेको राफ्ट मोटर्ससँग केही महिनाअघि आधिकारिक बिक्रेताका सम्बन्धमा सम्झौता गरेको थियो। यसअघि आईएमई मोटर्सले अमेरिकी ब्रान्ड यूएम र हार्ले डेभिडसनका मोटरसाइकल बिक्री गर्दै आएको थियो। 

आईएमई समूह अन्तर्गतका कम्पनीले अशोक लेल्यान्डका कमर्सियल सवारी, इस्कर्टसका हेभी इक्युपमेन्टलगायत बिक्री गर्दै आएको छ। दुई पांग्रेबाट पछिहटेको आईएमई मोटर्स ‘भविष्यको मोबिलिटी’ विद्युतीय सवारी भएको भन्दै विद्युतीय स्कुटर/मोटरसाइकलको व्यापारमा पुनः प्रवेश गरेको हो।  

राफ्ट मोटर्स भारतीय दुईपांग्रे विद्युतीय सवारी निर्माता कम्पनी हो। कम्पनीले विद्युतीय स्कुटरको क्षेत्रमा नयाँ रेकर्डसमेत बनाएको छ। राफ्ट मोटर्सले केही महिनाअघि ‘इन्डस एनएक्स’ स्कुटर सार्वजनिक गरेको थियो।  

सो स्कुटर एकपटक फुल चार्ज गरेपछि ४ सय ८० किलोमिटर कुदाउन सक्ने दाबी कम्पनीले गरेको छ। यो स्कुटर नेपाली बजारमा समेत उपलब्ध हुँदैछ। यो विद्युतीय स्कुटरमा एक लाख किलोमिटरको वारेन्टी र डबल ब्याट्रीको विकल्पसमेत उपलब्ध रहेको छ। 

राफ्ट मोटर्सले ९ मोडलका विद्युतीय स्कुटर र मोटरसाइकल सार्वजनिक गरिसकेको छ। राफ्ट वारियर, रोल्डियर, इन्डस, जिस्पा, टीस्टा, जिस्पा एनएक्स, इन्डस एनएक्स, म्यागनाइट, नुब्रा स्कुटर र इन्ड्रिाजेट विद्युतीय मोटरसाइकल उपलब्ध रहेको छ।

राफ्ट मोटर्सको भारतमा ५ सय ५० भन्दा बढी सहरमा डिलर विस्तार गरिसकेको छ। कम्पनीले २०२२ सम्म भारतको हरेक जिल्लामा र मार्च २०२३ सम्म विश्वको धेरै देशमा राफ्ट ब्रान्ड पुर्‍याउने योजना बनाएको छ। 

राफ्ट मोटर्स २०१७ मार्चमा स्थापना भएको थियो। परिवेश शुक्ला र राकेश साल्वेले स्थापना गरेको यो कम्पनीले ‘टाइम्स लिडिङ आइकन अवार्ड २०२१’ समेत पाएको थियो। राफ्टले विद्युतीय स्कुटर तथा मोटरसाइकलका अलावा थ्रीडी प्रिन्टर्स, स्टोज डिभाइस, स्मार्ट टीभीलगायत विद्युतीय सामाग्री समेत उत्पादन गर्दै आएको छ।

सुरुवाती समयमा आईएमईले राफ्टको विद्युतीय स्कुटरमात्र नेपाल भित्र्याएको हो। तर केही समयपछि कम्पनीले राफ्टको विद्युतीय मोटरसाइकल समेत उपलब्ध गराउने जनाएको छ। 

images

प्रकाशित : आइतबार, साउन २९ २०७९०३:४२

प्रतिक्रिया दिनुहोस
images
ट्रेन्डिङ