आइतबार, साउन ४ गते २०८२    
आइतबार, साउन ४ २०८२
images
images

रामेछापको सुनापतिमा पर्यटन विकासका लागि पूर्वाधारमा लगानी बढाउनुपर्नेमा जोड

images
आइतबार, साउन ४ २०८२
images
images
रामेछापको सुनापतिमा पर्यटन विकासका लागि पूर्वाधारमा लगानी बढाउनुपर्नेमा जोड

आइतबार नेपाल पर्यटन बोर्डको सहकार्यमा रामेछापमा आयोजना गरेको ‘सुनापति गाउँपालिकाको पर्यटन विकासका लागि अन्तरक्रिया’मा उनीहरुले दिगो पर्यटन विकासमा जोड दिन सुझाव दिएका हुन्।

images

काठमाडौं- रामेछापको सुनापति गाउँपालिकालाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्नका लागि पूर्वाधार निर्माणमा जोड दिन सरोकारवालाले सुझाव दिएका छन्।

images
images

गाउँपालिकाले आइतबार नेपाल पर्यटन बोर्डको सहकार्यमा रामेछापमा आयोजना गरेको ‘सुनापति गाउँपालिकाको पर्यटन विकासका लागि अन्तरक्रिया’मा उनीहरुले दिगो पर्यटन विकासमा जोड दिन सुझाव दिएका हुन्।

images
images

सांसद पूर्णबहादुर तामाङले सुनापतिको पर्यटन विकासका लागि पूर्वाधार निर्माण पहिलो सर्त भएको बताए।उनले स्थानीय तहका पर्यटकीय गन्तव्यहरुको प्रबर्द्धन गरी आकर्षण गर्ने प्याकेज बनाएर आन्तरिक तथा विदेशी पर्यटक ल्याउन सकिने धारणा राखे।

images
images
images

साथै तीन वटै तहका सरकारको समन्वयमा लगानी अभिवृद्धि गर्न जरुरी भएको उनकाे भनाइ छ। सांसद तामाङले विभिन्न शीर्षकमा स्थानीय तहमा जाने बजेटको प्रभावकारी परिचालन नहुँदा योजना कार्यक्रमले गति लिन नसकेको भन्दै यसप्रति सबै सरोकारवाला गम्भीर हुनुपर्नेमा जोड दिएका छन्।

नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले सुनापतिको पर्यटन विकासका लागि रणनीतिक योजना समन्वयका साथ अगाडि बढाइनुपर्ने बताए। उनले पर्यटकीय सम्भावना बोकेका पालिकालाई धार्मिक, सांस्कृतिक र प्राकृतिक विविधितालाई जोडेर पर्यापर्यटन विकासमा ध्यान दिनुपर्ने आवश्यकता औंल्याए।

नेपाल पर्यटन बोर्डका उपाध्यक्ष कमल सापकोटाले पालिकाको पर्यटन विकासका लागि बोर्डले बलियो सहकार्य गर्ने विश्वास व्यक्त गरे। उनले कम लगानीमा बढी प्रतिफल दिने तुलनात्मक लाभको क्षेत्र पर्यटनको विकासमार्फत मुलुकको आर्थिक समृद्धिको यात्रामा योगदान गर्न सबै जिम्मेवार भएर लाग्नुपर्ने खाँचो औंल्याएका छन्।

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) का अध्यक्ष सागर पाण्डेले सुनापतिको भूगोल, संस्कृति र इतिहासका साथै कृषि उत्पादनलाईसमेत जोडेर एकीकृत पर्यटन विकास गरिनुपर्नेमा जोड दिए। साथै पर्यटन विकासका लागि टानले गाउँपालिकासँग सहकार्य गर्ने प्रतिबद्धतासमेत जनाएका छन्।

नेपाल विद्युत् प्राधिकरणका पूर्वप्रबन्ध निर्देशक कुलमान घिसिङले संघीय राजधानी काठमाडौं नजिकको गन्तव्य सुनापतिको पर्यटन विकासका लागि लगानी बढाएर पदमार्गहरु निर्माण गरिनुपर्ने बताए।

सुनापति गाउँपालिकाका अध्यक्ष ठूलोकान्छा तामाङले पर्यटनसँग सम्बद्ध सरकारी, गैर सरकारी र निजी क्षेत्रसँग समन्वय सहकार्य गर्दै सुनापतिको पर्यटन विकासका लागि लगानी अभिवृद्धि गर्ने उदेश्य रहेकाे बताए।

गाउँपालिकाको मौलिक संस्कृति, धार्मिक स्थल, पौराणिक सम्पदाहरु, पर्यावरणीय विविधता र ऐतिहासिक स्थलहरुको संरक्षण, विकास र प्रचार-प्रसार गर्ने उद्देश्यले कार्यक्रम गरिएको अध्यक्ष तामाङकाे भनाइ छ। सुनापतिमा प्राकृतिक विविधता, सांस्कृतिक सम्पदा र ऐतिहासिक पृष्ठभूमि रहेको छ।

गाउँपालिकालाई धार्मिक, सांस्कृतिक र पर्यावरणीय गन्तव्यको रुपमा विकास गर्न गाउँपालिको मात्र नभई संघ, प्रदेश र निजी क्षेत्रसमेतको लगानी अभिवृद्धि गर्नको लागि सुनापति गाउँपालिकाको आयोजना र नेपाल पर्यटनका लागि अन्तरक्रिया गरिएको हो।

स्थानीय कला संस्कृतिहरु जस्तै थान्का चित्रकला, गलैंचा बुनाईलगायत विभिन्न धार्मिक स्थलहरुको संरक्षण गरी पर्यटन प्रबर्द्धन गर्नु, होमस्टे, पर्यटकीय होटल तथा रेष्टुरेन्ट, टुरिष्ट गाइड, हस्तकला, कृषि पर्यटनलगायतका माध्यमबाट स्वरोजगार सृर्जना गरी स्थानीय रोजगार र आयआर्जनका अवसर प्रदान गर्ने गाउँपालिकाको लक्ष्य रहेको छ।

सुनापति सूर्योदय र सूर्यास्त अवलोकनका लागि रमणीय स्थल मानिन्छ। जहाँबाट जुगल, लाङटाङ, गौरीशंकर हिमशृृङ्खलादेखि सर्वोच्च शिखर सगरमाथाको दृश्यावलोकन गर्न पाइन्छ। हाल उक्त क्षेत्रमारु नेपालथोक-लुभु-हिलेदेवी र सुनापति-शैलुंग पदमार्ग छन्।

एकसय आठ लहरेमाने, लखपतिमाने, सुनापति महादेव, डम्फुपार्क आदि यहाँक महत्वपूर्ण पर्यटकीय गन्तव्यहरु छन्। पर्यटन क्षेत्रकाे विकासका लागि गाउँपालिकाले आर्थिक वर्ष २०८०/८१ मा एक करोड ५० लाख रुपैयाँ बजेट विनियोजन गरी सुनापति डाँडा आसपासका क्षेत्रमा विभिन्न पर्यटकीय पूर्वाधरहरु निर्माण गरिएको जनाएको छ।

कार्यक्रममा सुनापति गाउँपालिकाको पर्यटनसम्बन्धी श्रव्यदृश्य सामग्री प्रस्तुत गरिएको थियो भने डम्फु र टुंनाका साथ तामाङ कलाकारको विशेष प्रस्तुतिकरण गरिएकाे थियाे। रासस


प्रकाशित : आइतबार, साउन ४ २०८२१६:५३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend