आइतबार, साउन ४ गते २०८२    
आइतबार, साउन ४ २०८२
images
images

मनास्लु पदमार्गको ५३ स्थानमा ‘मार्किङ पोल’ तथा ‘साइनपोष्ट’, यात्रुलाई सहज हुने विश्वास

images
आइतबार, साउन ४ २०८२
images
images
मनास्लु पदमार्गको ५३ स्थानमा ‘मार्किङ पोल’ तथा ‘साइनपोष्ट’, यात्रुलाई सहज हुने विश्वास

मनास्लु सरंक्षण क्षेत्र आयोजना कार्यालय (एमक्याप) ले आर्थिक वर्ष २०८१/८२ मा  पदमार्गको विभिन्न ५३ ठाउँमा मार्किङ पोल र साइनपोष्ट थप गरेको आयोजना कार्यालयका प्रमुख सन्तोष शेरचनले जानकारी दिए।

images

गोरखा- उत्तरी गोरखाको मनास्लु संरक्षण क्षेत्रको भ्रमणमा जाने पर्यटकलाई पदमार्गको पहिचान र पदयात्रामा सहजताका लागि ठाउँठाउँमा ‘मार्किङ पोल’ तथा ‘साइनपोष्ट’ थप गरिएको छ।

images
images

मनास्लु सरंक्षण क्षेत्र आयोजना कार्यालय (एमक्याप) ले आर्थिक वर्ष २०८१/८२ मा  पदमार्गको विभिन्न ५३ ठाउँमा मार्किङ पोल र साइनपोष्ट थप गरेको आयोजना कार्यालयका प्रमुख सन्तोष शेरचनले जानकारी दिए।

images
images

उनका अनुसार कार्यालयले पदमार्गको ३५ स्थानमा पर्यटकलाई पदमार्गको जानकारी दिन साइनपोष्ट थप गरेको छ भने पदमार्गको १६ ठाउँमा मार्किङ पोल थप गरिएको हो।

images
images
images

पदमार्गअन्तर्गत नुब्री भ्यालीतर्फ लार्के बजारदेखि भिमथाङसम्म विभिन्न ठाउँमा मार्किङ पोल थपिएको छ। लार्के बजारदेखि भीमथाङसम्म अब कूल एकसय २४ मार्किङ पोल पुगेका छन्। यसअघि एकसय ८ मार्किङ पोल मात्र रहेको थियो।

त्यस्तै, पदमार्गमा पर्ने चुमभ्यालीतर्फ गणेश हिमालतर्फ जाने पदमार्गसहित १९, नुब्री भ्यालीतर्फ १४ र सिर्दीबासमा दुई स्थानमा साइनपोष्ट थप गरिएको उनकाे भनाइ छ।

प्रमुख शेरचन भन्छन्, ‘साइनपोष्टबाट मनास्लु संरक्षण क्षेत्रमा घुम्न पुग्ने पर्यटकलाई आफूकहाँ पुगेँ, त्यहाँको उचाइ, त्यसपछिको गन्तव्यमा पुग्न लाग्ने सम्भावित समय र त्यहाँका जंगली जनावरका बारेमा पनि थाहा पाउन सजिलो हुन्छ।’

त्यस्तै, पदमार्गमा राखिएको मार्किङ पोलबाट हिउँ परेका बेला पदमार्ग हिउँले पुरिएर हराउने हुँदा पर्यटकलाई पदमार्ग पहिचानका लागि सहज हुने प्रमुख शेरचनले बताउँछन्। चालु आव  २०८२/८३ मा विभिन्न २५ स्थानमा मार्किङ पोल र ३५ स्थानमा साइनपोष्ट राख्ने योजना रहेको एमक्यापले जनाएको छ। रासस


प्रकाशित : आइतबार, साउन ४ २०८२१४:१६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend