आइतबार, साउन ४ गते २०८२    
आइतबार, साउन ४ २०८२
images
images

बाढीपहिरोले जोमसोम-कोरला सडक अवरुद्ध

images
आइतबार, साउन ४ २०८२
images
images
बाढीपहिरोले जोमसोम-कोरला सडक अवरुद्ध

बारागुङ मुक्तिक्षेत्र-३ छुसाङस्थित ताङ्वे खोला र छुसाङस्थित मुस्ताङ गेट नजिककै बाढीका कारण सडक अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ।

images

मुस्ताङ- अविरल वर्षाका कारण उपल्लो मुस्ताङ जोड्ने जोमसोम-कोरला सडकमार्ग आइतबार बिहानदेखि पूर्ण रुपमा अवरुद्ध भएको छ।

images
images

अविरल वर्षाका कारण उक्त सडकखण्डअन्तर्गत बारागुङ मुक्तिक्षेत्र-३ छुसाङस्थित ताङ्वे खोला र छुसाङस्थित मुस्ताङ गेट नजिककै बाढीका कारण सडक अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ।

images
images

बारागुङ-३ छुसाङस्थित मुस्ताङ गेट नजिकैका सडक माथिबाट लेदो र गेग्रानसहितको पहिरो खसेको र बारागुङ-३ छुसाङस्थित ताङ्वे नजिकको खोलामा लेदोसहितको बाढीले सडक पूर्ण रुपमा अवरुद्ध भएको हाे।

images
images
images

जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी एवं प्रहरी निरीक्षक विशाल अधिकारीका अनुसार ताङ्वे गाउँको नजिकको शाखा नदीमा लेदो र गेग्रानसहितको बाढीले करिब ३० मिटर सडक पूर्ण रुपमा क्षतिग्रस्त भएको छ।

सडक अवरुद्ध भएसँगै उपल्लो मुस्ताङ आवतजावत गर्ने सवारीसाधन अलपत्र परेका इलाका प्रहरी कार्यालय छुसाङका प्रहरी सहायक निरीक्षक झलकबहादुर थापाले बताए। जिल्ला प्रहरी कार्यालय मुस्ताङले अवरुद्ध सडकमा यातायात सञ्चालनका लागि आवश्यक काम भइरहेको जनाएकाे छ। रासस


प्रकाशित : आइतबार, साउन ४ २०८२१२:४८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend