आइतबार, साउन ४ गते २०८२    
आइतबार, साउन ४ २०८२
images
images

कञ्चनपुरमा दुई अर्ब ४१ करोड ७९ लाख रुपैयाँ राजस्व संकलन

images
आइतबार, साउन ४ २०८२
images
images
कञ्चनपुरमा दुई अर्ब ४१ करोड ७९ लाख रुपैयाँ राजस्व संकलन

प्रमुख कर अधिकृत पराजुलीका अनुसार आव २०८१/८२ मा ८५ करोड आठ लाख ६५ हजार रुपैयाँ आयकर संकलन भएको छ।

images

कञ्चनपुर- आन्तरिक राजस्व कार्यालय महेन्द्रनगरको राजस्व संकलन वृद्धि भएको छ। कार्यालयका प्रमुख कर अधिकृत डमरुप्रसाद पराजुलीका अनुसार  कार्यालयले आर्थिक वर्ष २०८१/८२ मा दुई अर्ब ४१ करोड ७९ लाख ५८ हजार राजस्व संकलन गरेको हाे।

images
images

अघिल्लो आवमा कार्यालयले दुई अर्ब ३९ करोड चार लाख २२ हजार राजस्व संकलन गरेको थियो। यसपटक आयकरमा १३ प्रतिशतले राजस्व संकलनमा वृद्धि भएको छ। प्रमुख कर अधिकृत पराजुलीका अनुसार आव २०८१/८२ मा ८५ करोड आठ लाख ६५ हजार रुपैयाँ आयकर संकलन भएको छ।

images
images

अघिल्लो आवमा ७५ करोड एक लाख ७२ हजार रुपैयाँ आयकर संकलन भएको थियो। त्यसैगरी, ब्याजकरमा पनि २२ प्रतिशतले वृद्धि भएको छ। कार्यालयले आव २०८१/८२ मा दुई करोड ८९ लाख ५४ हजार रुपैयाँ राजस्व संकलन गरेको छ।

images
images
images

अघिल्लो आवमा दुई करोड ५२ लाख ५० हजार संकलन गरेको थियो। घरबहाल कर १२ दशमलव पाँच प्रतिशतले वृद्धि भएको छ। कार्यालयले आव २०८१/८२ मा एक करोड ३७ लाख ८० हजार रुपैयाँ घरबहाल कर संकलन गरेको छ।

अघिल्लो आवमा एक करोड २२ लाख ७७ हजार घरबहाल कर संकलन गरेकामा कार्यालयले भ्याटमा ६० करोड ८८ लाख ६१ हजार र अन्तःशुल्कमा ९० करोड ९१ लख ७१ हजार रुपैयाँ राजस्व संकलन गरेको छ। ‘यो आवमा आयकर बढेको छ, भ्याटमा कम छ’ प्रमुख कर अधिकृत पराजुलीले भन्छन्, ‘अन्तशुल्क कर बराबरी छ समग्रमा गत आवको तुलनामा राजस्व संकलनमा वृद्धि भएको छ।’

कार्यालयको १३ करोड रुपैयाँ राजस्व बक्यौता रहेको छ। ‘भ्याटमा ९ करोड र आयकरमा चार करोड रुपैयाँ बक्यौता बाँकी छ’ उनले भने, ‘बक्यौता रकमका लागि करदातालाई पसलमै गएर, फोनबाट जानकारी गराउने गरेका छौँ।’

करदातालाई पटकपटक बक्यौता तिर्न प्रेरित गर्ने र नतिर्ने करदाताको पत्रपत्रिकामा सूचना निकाल्ने गरेको प्रमुख कर अधिकृत पराजुलीकाे भनाइ छ। ‘पटकपटक ताकेता गर्दा पनि अटेरी गर्ने करदातालाई पत्रपत्रिकामा सूचना निकाल्ने र समयमै बक्यौता नतिर्नेको बैंक खाता रोक्कासमेत हुनसक्छ’ उनले भने। रासस


प्रकाशित : आइतबार, साउन ४ २०८२११:११

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend