काठमाडौं- बैंकिङ कसुर मुद्दाका एक फरार प्रतिवादीलाई प्रहरी पक्राउ गरेको छ।
काठमाडौं महानगरपालिका-४ सुकेधारा बस्ने इलाम सन्दकपुर गाउँपालिका-२ माईमाजुवा घर भएकी ५० वर्षीया तेजुमाया गुरूङलाई प्रहरीले पक्राउ गरेको हो।
उच्च अदालत पाटनको २०७९ साउन १७ गतेको फैसलाले उक्त मुद्दामा तीन लाख ५० हजार जरिवाना, तीन दिन कैद र क्षतिपूर्ती वापत १६ हजार पीडित राहत कोषमा बुझाउनुपर्ने सजाय ठहर भएपछि गुरूङ फरार रहेकी थिइन्।
निजलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं सुकेधाराबाट शुक्रबार पक्राउ गरेको हो। रासस