शनिबार, साउन ३ गते २०८२    
शनिबार, साउन ३ २०८२
images
images

बेनी नगरपालिकाले एकवर्षमा निर्माण गर्‍याे तीनसय २९ योजना

images
शनिबार, साउन ३ २०८२
images
images
बेनी नगरपालिकाले एकवर्षमा निर्माण गर्‍याे तीनसय २९ योजना

पूर्वाधार विकास शीर्षकमा लागि १३ करोड ४१ लाख ९० हजार रुपैयाँ बजेट विनियोजन भएकोमा ८६ दशमलव ६९ प्रतिशत खर्च भएको प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले जानकारी दिए।

images

म्याग्दी- बेनी नगरपालिकाले आर्थिक वर्ष २०८१/८२ मा तीनसय २९ योजना सम्पन्न गरेको छ।

images
images

सडक निर्माण, स्तरोन्नति, सामुदायिक, विद्यालय, स्वास्थ्य संस्थाको भवन, सिँचाइ, खानेपानी, पदमार्ग, ढल व्यवस्थापन, खेलमैदान, अर्याघाट, यात्रु प्रतिक्षालय, घेराबार, पोखरी निर्माणलगायत पूर्वाधारसम्बन्धी तीनसय ३७ मध्य आठ वटा बाहेकका योजना सम्पन्न भएका हुन्।

images
images

पूर्वाधार विकास शीर्षकमा लागि १३ करोड ४१ लाख ९० हजार रुपैयाँ बजेट विनियोजन भएकोमा ८६ दशमलव ६९ प्रतिशत अथवा ११ करोड ५७ लाख १३ हजार रुपैयाँ खर्च भएको प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले जानकारी दिए।

images
images
images

२२ किलोमिटर सडक स्तरोन्नति, दुई दशमलव सत्र किलोमिटर सडक ढलान, एक दशमलव तीनसय ३७ किलोमिटर कालोपत्र, तीन दशमलव २० किलोमिटर ग्रावेल, दुई दशमलव ९ सय ५ किलोमिटर नयाँ ट्रयाक खोलिए, पाँच दशमलव ९ सय ६ किलोमिटर पदमार्ग निर्माण र सय मिटरमा ढुंगा छापिएको छ।

त्यस्तै एक हजार तीनसय ११ मिटर नाली, ९ सय तीन मिटर ढल र २० वटा खानेपानीको टंयाकी निर्माण, दुई वटा पोखरी, दुई वटा विद्यालय भवन, एक वटा स्वास्थ्य संस्था, पाँच वटा यात्रु प्रतिक्षालय, १४ वटा सामुदायिक भवन, १० वटा विद्यालय भवन बनेका छन्। 

६ वटा मठमन्दिर, सात वटा वडा कार्यालय मर्मत, ९ वटा खेलमैदान, एउटा शवदाह स्थल र १३ वटा विपन्न नागरिकको आवास निर्माण भएको प्रमुख प्रशासकीय अधिकृत शर्माले जानकारी दिए। नगरस्तरीय ३० वटा योजनामध्य १२ वटा ठेक्कामार्फत कार्यान्वयन भएको छ।

वडास्तरीय तीनसय १६ मध्यनगर गौरवको मानिएको लभ्लिहिल साहासिक पिङ, बेनीको शान्ति पार्कसहित सात वटा योजना कार्यान्वयन भएनन्। वडा नम्बर ३, ४, ६, ९ र १० ले सतप्रतिशत योजना कार्यान्वयन गरेका छन्। १ मा तीन, २, ५,७ र ८ नम्बर वडामा एक/एक वटा योजना कार्यान्वयन नभएका हुन्।

प्रधानमन्त्री रोजगारका २१ मध्य २० वटा योजना कार्यान्वयन भएका छन्। सुचिकृत ९ सय ९६ जनामध्य ७१ जनाले न्युनतम सय दिनको रोजगारी पाएका छन्। उनिहरुले एक हजार दुई सय मिटर सडकमा ढुंगा विछ्याएर सोलिंग र एक हजार दुई सुय ६० मिटर पदमार्ग निर्माण गरेका छन्।

ठेक्कामार्फत कार्यान्वयन गरेका बेनी-लभ्लीहिल-ज्यामरुककोट सडक स्तरोन्नति, महारानीथान-छाप-डाडाखेत, बेनी-अर्थुंगे-तोरीपानी-पात्लेखेत सडकको पहिलो र दोस्रो प्याकेज, कालिपुल कृषि भवन, रत्नेचौर परम वैदिक सनातन धार्मिक आश्रम बनाइएकाे छ।

गलेश्वर बजार सौन्दर्यकरण, पशु वधशाला, वडा नम्बर ७ को कोठा थप, कालीगण्डकी स्वच्छता कार्यक्रममार्फत दोभानमा शवदाह स्थल र बेनी खुल्ला मञ्च खेलमैदान निर्माण सकिएको छ। सडक बोर्डको बेनी-पुलाचौर सडक मर्मत र नगरपालिकाको अर्थुंगे-पुलाचौर सडक स्तरोन्नति योजनाको ८५/८५ प्रतिशत भौतिक प्रगति भएको छ।

आर्थिक वर्ष २०७६/७७ मा ठेक्का सम्झौता भएको रावण पार्क निर्माण योजनाको ९४ प्रतिशत प्रगति भएको छ। निर्माणाधीन तीन वटा योजनाको आगामी असोज महिनासम्म म्याद थप भएको नगर प्रमुख सुरत केसीले बताए।

नगर उपप्रमुख ज्योती लामिछानेले पिच र ढलान हुने सम्पूर्ण सडकको कोर कटिङ तथा पाँच लाखभन्दा बढी लागत भएका योजनाको स्थलगत अनुगमन गरिएको छ।

पाँच लाख रुपैयाँसम्म लागत अनुमान भएका योजना तथा कार्यक्रमको सम्झौता तथा अनुगमनको जिम्मेवारी वडा कार्यालय र वडास्तरीय अनुगमन समितिलाई दिइएको छ। योजना कार्यान्वयनलाई प्रभावकारी बनाउन १, २, ३, ४, ५, ९ र १० का उपभोक्ता समितिलाई अभिमुखीकरण गरिएको थियो।

कार्ययोजना बनाएर पहिलो चौमासिकमा सर्वेक्षण, दोस्रो चौमासिकमा सम्झौता गरी कार्यान्वयनमा लगिएकाले अधिकांश योजना सम्पन्न भएकार नगर उपप्रमुख लामिछानेले बताउँछन्। रासस


प्रकाशित : शनिबार, साउन ३ २०८२१४:११

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend