काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले चालु आर्थिक वर्षमा दैनिक २.५५ किलोमिटर सडक निर्माण भएको बताएका छन्।
शनिबार सामाजिक सञ्जालमा समृद्धिको बाटो, पछिल्लो छ वर्षयता मुलुकले सबैभन्दा ठूलो भौतिक पूर्वाधारमा फड्को मारेको बताएका हुन्।
उनका अनुसार चालु आवमा ९ सय ३२ किलोमिटर सडक कालोपत्र भएको समेत उल्लेख गरेका छन्।
‘आजभन्दा ६ वर्ष अगाडि हाम्रै सरकार हुुँदा भौतिक पूर्वाधार विकासको गति उच्च भएको रेकर्ड रहेछ, त्यसबीचमा फेरि त्यो गति घटेको रहेछ। अहिले फेरि हामी नै सरकारमा हुँदा पूर्वाधार विकासको गति बढेको तथ्यांक प्राप्त भएको छ। यो गति अझ बढाउनुपर्ने छ’ प्रधानमन्त्री ओलीले भनेका छन्।
प्रधानमन्त्री ओलीले शनिबार इन्जिनियर्स डेको शुभकामना दिँदै भौतिक पूर्वाधारदेखि प्रविधिको विकाससम्म देशकाे भरपर्दो जनशक्ति इन्जिनियरहरु भएको बताएका छन्। रासस