शनिबार, साउन ३ गते २०८२    
शनिबार, साउन ३ २०८२
images
images

बागमती प्रदेशमा लक्ष्यको ९४ दशमलव १२ प्रतिशत राजस्व संकलन

images
शनिबार, साउन ३ २०८२
images
images
बागमती प्रदेशमा लक्ष्यको ९४ दशमलव १२ प्रतिशत राजस्व संकलन

आव २०८१/८२ मा विभिन्न शीर्षकमा लक्ष्यको ९४ दशमलव १२ प्रतिशत अर्थात् ६० अर्ब ७४ करोड ७५ लाख ७७ हजार रुपैयाँ राजस्व संकलन भएको हाे।

images

हेटौंडा- बागमती प्रदेशमा आर्थिक वर्ष २०८१/८२ मा लक्ष्यको ९४ दशमलव १२ प्रतिशत राजस्व संकलन भएको छ।

images
images

बागमती प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसार आव २०८१/८२ मा विभिन्न शीर्षकमा लक्ष्यको ९४ दशमलव १२ प्रतिशत अर्थात् ६० अर्ब ७४ करोड ७५ लाख ७७ हजार रुपैयाँ राजस्व संकलन भएको हाे।

images
images

प्रदेश सरकारले आव २०८१/८२ मा राजस्व बाँडफाँट शीर्षकबाट प्राप्त राजस्व, प्रदेश सरकारको आन्तरिक स्रोतबाट संकलित राजस्व र संघीयय सरकारबाट प्राप्त अनुदानसमेतबाट ६४ अर्ब ५४ करोड चार लाख ३१ हजार रुपैयाँ राजस्व संकलन हुने अनुमान गरेकाे थियाे।

images
images
images

ती सबै शीर्षकबाट ६० अर्ब ७४ करोड ७५ लाख ७७ हजार रुपैया राजस्व संकलन भएको आर्थिक मामिला तथा योजना मन्त्रालयका सूचना अधिकारी इन्द्रराज सन्ज्यालले जानकारी दिए। उनका अनुसार प्रदेश सरकारले सो आवमा राजस्व बाँडफाँटबाट २९ अर्ब ५५ करोड ८९ लाख रुपैयाँ राजस्व संकलन हुने लक्ष्य लिएको थियाे।

त्यसको ८३ प्रतिशत अर्थात २४ अर्ब ५३ करोड ४० लाख ३० हजार रुपैयाँ राजस्व संकलन भएको छ। यस्तै प्रदेश सरकारको आन्तरिक स्रोतबाट चार अर्ब ५३ करोड ८४ लाख ७९ हजार राजस्व संकलनको लक्ष्य रहेकोमा लक्ष्यको ८४ दशमलव ०८ प्रतिशत अर्थात् तीन अर्ब ८१ करोड ५८ लाख २१ हजार रुपैयाँ राजस्व संकलन भएको सूचना अधिकारी सन्ज्यालले बताउँछन्।

संघीय सरकारबाट १५ अर्ब ५७ करोड ५६ लाख अनुदानप्राप्त हुने अनुमान गरिएकोमा त्यसको ७६ प्रतिशत अर्थात् ११ अर्ब ९६ करोड ८७ लाख ७३ हजार रुपैयाँ अनुदान प्राप्त भएको उनको भनाइ छ। गत आव २०८०/८१ मा बागमती प्रदेशमा ३९ अर्ब २२ करोड १२ लाख ४७ हजार रुपैयाँ राजस्व संकलन गरेको थियो।

आव २०८०/८१ मा राजस्व बाँडफाँट शीर्षकबाट प्राप्त राजस्व, प्रदेश सरकारको आन्तरिक स्रोतबाट संकलित राजस्व र संघीय सरकारबाट प्राप्त अनुदान समेतबाट ४८ अर्ब २५ करोड ४३ लाख ७५ हजार राजस्व संकलन हुने अनुमान गरिएकोमा ती सबै शीर्षकबाट ३९ अर्ब २२ करोड १२ लाख ४७ हजार राजस्व संकलन भएको थियो। 

यस्तै आव २०७९/८० मा पनि बागमती प्रदेश सरकारले अनुमान गरेकोभन्दा १७ प्रतिशत कम राजस्व संकलन गरेको थियो। प्रदेश सरकारले आव २०७९/८० मा रु ५५ अर्ब ३१ करोड राजस्व संकलनको अनुमान गरेकोमा ४५ अर्ब ८८ करोड राजस्व संकलन गरेको थियो।

संघीय र स्थानीय तहबाट बाँडफाँट हुने मूल्य अभिवृद्धि कर, आय कर, प्राकृतिक स्रोत उत्खनन् दस्तुर, मालपोतलगायतका राजस्व संकलनमा आएको कमी र आर्थिकमन्दीका कारण संघीय सरकारले केही कार्यक्रम कटौती गर्नुजस्ता कारणले लक्ष्यअनुसार राजस्व संकलनमा कमी आएको प्रदेश कोष तथा लेखा निन्त्रणक कार्यालय हेटौंडा मकवानपुरका प्रमुख लेखा नियन्त्रक हरिप्रसाद उपाध्यायले जानकारी दिए। रासस


प्रकाशित : शनिबार, साउन ३ २०८२११:४०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend