शनिबार, वैशाख ८ गते २०८१    
images
images

भरतपुर महानगरमा झन्डै चार अर्बका खानेपानी आयोजना

images
बिजनेस न्युज
images
भरतपुर महानगरमा झन्डै चार अर्बका खानेपानी आयोजना

जनप्रतिनिधि आएपछि भरतपुर महानगरपालिकाभित्र २३ वटा ठूला खानेपानी आयोजना नयाँ निर्माण, विस्तार र मर्मत सुधार भएका छन्।

images
images

काठमाडौ- जनप्रतिनिधि आएपछि भरतपुर महानगरपालिकाभित्र २३ वटा ठूला खानेपानी आयोजना नयाँ निर्माण, विस्तार र मर्मत सुधार भएका छन्। पहाडी क्षेत्रसमेत रहेको महानगरमा खानेपानी विस्तारसँगै स्थानीयवासी लाभान्वित भएका छन् ।

images
images
images

शुद्ध पानी सहज रुपमा उपभोग गर्न महानगरवासीलाई सहयोग पुगेको छ। महानगरको कविलासमा पानीका लागि भोग्नुपरेको कष्ट टरेको छ।

images

महानगरप्रमुख रेनु दाहालका अनुसार २३ वटा महत्वपूर्ण खानेपानी आयोजनामा तीन अर्ब ७७ करोड सात लाख खर्च भएको छ। सो रकम सङ्घीय सरकार, वाग्मती प्रदेश सरकार, खानेपानी बोर्ड र स्थानीय निकायबाट बजेट जुटाएर आयोजनाहरुमार्फत काम गरिएको हो।  

images

उनका अनुसार शारदानगर खानेपानी आयोजनामा  ५९ करोड, जखडीमाई सहलगानी खानेपानी आयोजनामा  ३२ करोड ८५ लाख, धनगडा सहलगानी खानेपानी आयोजनामा  २८ करोड ८८ लाख, पटिहानी–टाउन खानेपानी आयोजनामा  २५ करोड २५ लाख, दिव्यनगर खानेपानी आयोजनामा  २४ करोड १५ लाख र शिवनगर खानेपानी आयोजनामा  २३ करोड २५ लाख खर्च हुँदैछ।

images
images

त्यसैगरी  भरतपुर खानेपानी आयोजना मर्मत सुधारमा  पाँच करोड ५८ लाख, सोही आयोजनाको विस्तारमा  ११ करोड ३५ लाख, कैलाशनगर– फूलबारी खानेपानी आयोजनामा आठ करोड चार लाख, आनन्दपुर खानेपानी आयोजनामा  ६ करोड ६५ लाख, पटिहानी खानेपानी आयोजनामा  पाँच करोड ३५ लाख, मङ्गलपुर खानेपानी आयोजनामा  ६ करोड ७६ लाख, गीतानगर खानेपानी आयोजनामा रु चार करोड २७ लाख विनियोजन भई काम भइरहेका छन्। कतिपय काम सम्पन्न भइसकेका छन्।

पार्वतीपुर खानेपानी आयोजनामा रु २२ करोड पाँच लाख, देवनगर खानेपानी आयोजनामा पाँच करोड पाँच लाख, मेघौली साना सहरी खानेपानी आयोजना  १७ करोड दुई लाख, शुक्रनगर खानेपानी आयोजना १८ करोड ७५ लाख, जगतपुर खानेपानी आयोजना  २१ करोड पाँच लाख, गोलाघाट खानेपानी आयोजना  १४ करोड ७५ लाख, भरतपुर खानेपानी विस्तार वडा नं २९  १० करोड दुई लाख, गुञ्जनगर खानेपानी आयोजना  १६ करोड ३५ लाख, विजयनगर खानेपानी आयोजना रु आठ करोड तीन लाख र भरतपुर महानगरपालि–१ मा रु एक करोड खानेपानी आयोजनामा खर्च गरिँदैछ ।
 
प्रमुख दाहालले कतिपय आयोजना सम्पन्न भइसकेको, कतिपय काम भइरहेको र कतिपयमा विस्तारको काम गरिएको जानकारी दिए। अनुसार महानगरले आवश्यक ठानेका ठाउँहरुमा खानेपानी आयोजनाका लागि बोर्ड, प्रदेश सरकार र सङ्घीय सरकारले आवश्यक सहयोग गरेका कारण सफलता मिलेको उनको भनाइ छ।

तत्कालीन खानेपानीमन्त्री बीना मगर हुँदा धेरै आयोजनाहरु आएका हुन्। उनले भने, ‘एउटा स्थानीय तहमा झण्डै चार अर्बको खानेपानीमा लगानी हुन सक्नु आफँैमा महत्वपूर्ण हो।’ उनले यी सबै आयोजना सम्पन्न हुँदा आउँदो २ वर्षभित्र महानगरवासी सबैले आयोजनामार्फत पानी उपभोग गर्न पाउने बताए।

खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक प्रजापति दाहालले महानगरमा जनप्रतिनिधि आउँदा ५७ प्रतिशत महानगरवासीले शुद्ध र सहज रुपमा पानी उपभोग गर्ने गरेकामा अहिले यो प्रतिशत ९० पुगेको बताए। उनका अनुसार बन्दै गरेका आयोजना सम्पन्न हुँदा ९७ प्रतिशत महानगरवासीले आयोजनाहरुको पानी उपभोग गर्न पाउनेछन्। महानगरपालिकाभित्र खानेपानी विस्तारको आयोजना तीव्र गतिमा अघि बढेको उनको भनाइ छ।

महानगर बन्नुअघि गाविस रहेको कविलासमा पानी लिन जानका लागि दुई घण्टा उकालो-ओरालो हिँड्नुपर्ने बाध्यता थियो। अहिले सो बाध्यताबाट स्थानीय मुक्त भएका छन्। घरघरमा खानेपानी पुगेको वडाध्यक्ष मनबहादुर रानामगरले बताए। उनले भने, ‘अब एक महिनापछि हाम्रो डाँडामा खानेपानीको समस्या छ भन्नु पर्दैन।’

भरतपुर महानगरपालिका–१९ मा सबैभन्दा ठूलो खानेपानी आयोजना सञ्चालन भइरहेको छ।  ५९ करोडको शारदानगर खानेपानी आयोजनाको काम धमाधम भइरहेको वडाध्यक्ष कर्णबहादुर गुरुङले जानकारी दिए। उनले भने, ‘अब एक वर्षमा वडावासीले आयोजनामार्फत शुद्ध खानेपानी खान पाउँछन्।’ उनका अनुसार यो आयोजनाबाट चार हजार ५०० घरधुरी लाभान्वित हुनेछन्।
रासस

images

प्रकाशित : शुक्रबार, मंसिर २४ २०७८०५:५४
प्रतिक्रिया दिनुहोस