काठमाडौं- साताको अन्तिम दिन शुक्रबार सुनको मूल्य तोलामा १ सय रुपैयाँले गिरावट आएको छ। बिहीबार नेपाली बजारमा ९२ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य तोलामा १ सय रुपैयाँ घटेर ९२ हजार २ सय रुपैयाँ कायम भएको छ।
त्यस्तै चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले घटेको छ। बिहीबार १२ सय रुपैयाँ कारोबार भएको चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेर शुक्रबारका लागि ११ सय ८५ रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवासयी महासंघले जनाएको छ।