बुधबार, वैशाख १२ गते २०८१    
images
images

नेपाल र स्लोभेनियाबीच आर्थिक सम्बन्ध विस्तारमा काम गरौँ : स्लोभेनियाकी राजदूत घोस

images
images
images
नेपाल र स्लोभेनियाबीच आर्थिक सम्बन्ध विस्तारमा काम गरौँ : स्लोभेनियाकी राजदूत घोस

स्लोभेनियाले दीगो पर्यटनमा उदाहरणीय काम गरेको भन्दै नेपालले पनि यसमा काम गर्न सक्ने उल्लेख गरिन्।

images
images

काठमाडौं- भारत र नेपालका लागि स्लोभेनियाकी राजदूत मोताया बोदेब घोसले स्लोभेनिया नेपालबीचको आर्थिक सम्बन्ध विस्तारमा जोड दिएकी छिन्।

images
images
images

नेपाल उद्योग परिसंघको पदाधिकारीसँगको भेटमा राजदूत घोसले नेपाल र स्लोभेनियाबीचको व्यापार वृद्धि गर्न सकिने क्षेत्रको पहिचान गरी आर्थिक सम्बन्ध विस्तार गर्नुपर्नेमा जोड दिएकी हुन्। 

images

उनले स्लोभेनियाले दीगो पर्यटनमा उदाहरणीय काम गरेको भन्दै नेपालले पनि यसमा काम गर्न सक्ने उल्लेख गरिन्।

images

राजदूत घोसले नेपालमा विदेशी लगानीका संभावना रहेका क्षेत्रमा स्लोभेनियाका लगानीकर्ता आकर्षित गर्न आफूले पहल गर्ने बताइन्। ‘नेपाल र स्लोभेनियाबीच दुईपक्षीय आर्थिक सम्बन्ध विस्तारका धेरै संभावना रहेका छन्,’ उनले भनिन्, ‘अब हामीले दुईपक्षीय व्यापार विस्तार एवं लगानी वृद्धिका लागि काम गर्नुपर्छ।’

images
images

छलफलका क्रममा परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले नेपालमा कृषि, पर्यटन, जलविद्युतलगायतका क्षेत्रमा लगानीको ठूलो संभावना रहेको भन्दै स्लोभेनियाका लगानीकर्ताले लगानी गर्न सक्ने उल्लेख गरे। ‘नेपाल सरकारले नीतिगत सुधारका धेरै काम गरेको छ,’ उनले भने, ‘विदेशी लगानीकर्ताका लागि नेपाल आकर्षक गन्तव्य हो।’

अध्यक्ष अग्रवालले नेपालमा हरित ऊर्जाको अथाह संभावना रहेको र नेपालमा उत्पादित ऊर्जा निर्यातको बजार पनि प्रसस्त रहेकाले विदेशी लगानीकर्ताले ढुक्कले लगानी गर्न सक्ने बताए। 

परिसंघका पूर्वअध्यक्ष एवं स्लोभेनियाका अवैतनिक महावाणिज्यदूत हरिभक्त शर्माले स्लोभेनियाले प्रविधिको क्षेत्रमा ठूलो विकास गरेकाले नेपालले पनि औद्योगिक क्षेत्रका लागि आवश्यक प्रविधि भित्र्याउन सक्ने उल्लेख गरे। 

परिसंघको कार्यालयमा भएको भेटमा परिसंघका उपाध्यक्षहरू कृष्णप्रसाद अधिकारी र वीरेन्द्रराज पाण्डे तथा बैंकिङ समितिका सभापति अनलराज भट्टराई, एजुकेसन काउन्सिलका सभापति द्विराज शर्मा, राष्ट्रिय परिषदका सदस्य सुरजभक्त पौडेल र महानिर्देशक यादवप्रसाद पौड्यालको उपस्थिति थियो। 

images

प्रकाशित : बिहीबार , मंसिर २३ २०७८१२:१३

प्रतिक्रिया दिनुहोस