शुक्रबार, वैशाख ७ गते २०८१    
images
images

सिभिल सहकारीका अध्यक्ष श्रेष्ठको बयान - म नाममात्रको हुँ

images
images
सिभिल सहकारीका अध्यक्ष श्रेष्ठको बयान - म नाममात्रको हुँ

श्रेष्ठले इच्छाराज तामाङले अजेयराज सुमार्गीलाई चाइना टाउनमा रहेको भवन १ अर्ब २५ करोडमा बिक्री गरेको पनि बयानमा जनाएका छन्।

images
images

काठमाडौं – सिभिल सहकारीका अध्यक्ष केशवलाल श्रेष्ठले सिभिल सहकारीमा आफू नाम मात्रको अध्यक्ष भएको बयान दिएका छन्। प्रहरीका अनुसार उनले आफू नाम मात्रैको अध्यक्ष बसेको र सबै कारोबार सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङले गर्ने गरेको बताएका हुन्।

images
images
images

उनले सहकारीमा अध्यक्ष भए बापत आफूले २ लाख तलब लिने गरेको बयान दिएका छन्। इच्छाराजले भने ५ लाख तलब खाने गरेको र सबै कार्यकारी अधिकार आफैँमा निहित गरेको पनि श्रेष्ठले बयानमा उल्लेख गरेका छन्।

images

श्रेष्ठले इच्छाराज तामाङले अजेयराज सुमार्गीलाई चाइना टाउनमा रहेको भवन १ अर्ब २५ करोडमा बिक्री गरेको पनि बयानमा जनाएका छन्।

images

यसैगरी सिभिल सहकारीमा ३ वर्षदेखि अडिट रिपोर्ट पास हुन नसकेको र साधारणसभा पनि नभएको जनाएका छन्। सिभिल सहकारीबाट सिभिल ग्रुपअन्तर्गतका प्रोजेक्टमा भएको लगानी भने कानुनअनुसार नै रहेको उनको दावी छ।

images
images

यसैगरी उनले आफूले चेकमा हस्ताक्षर गरेर छाड्ने गरेको र कारोबार इच्छाराजले नै गर्ने गरेको पनि उल्लेख गरेका छन्।

images

प्रकाशित : शुक्रबार, मंसिर १७ २०७८०४:२१
  • सम्बन्धित विषय:

  • # सिभिल


  • प्रतिक्रिया दिनुहोस