शनिबार, मंसिर ८ गते २०८१    
images
images

४ महिनामा साढे १३ सय फर्मको अनुगमन, ७१ लाख राजस्व संकलन

images
आइतबार, मंसिर १२ २०७८
images
images
४ महिनामा साढे १३ सय फर्मको अनुगमन, ७१ लाख राजस्व संकलन

अनुगमन गरिएका फर्ममध्ये झन्डै आधा फर्मलाई कारबाहीस्वरुप जरिवाना गरिएको विभागका निर्देशक हरि पँगेनीले जानकारी दिए।

images
images

काठमाडाैं- वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले चालु आर्थिक वर्षको पहिलो चार महिनामा एक हजार ३५५ व्यावसायिक फर्मको अनुगमन गरेको छ। 

images
images
images

सो अवधिमा काठमाडौं उपत्यकालगायत देशका विभिन्न स्थानका ती फर्ममा गरेको अनुगमनका क्रममा अनुचित व्यापारिक कारोबारमा संलग्नहरुलाई कारवाही गर्दा ७१ लाख १० हजार रुपैयाँ राजस्व संकलन गरेको विभागले जनाएको छ। अनुगमन गरिएका फर्ममध्ये झन्डै आधा फर्मलाई कारबाहीस्वरुप जरिवाना गरिएको विभागका निर्देशक हरि पँगेनीले जानकारी दिए।

images

सामान्य गल्ती गर्ने फर्मलाई एकपटक सुधारको मौकासमेत दिइने गरिएको जानकारी उनले दिए। विगत चार महिनाको अवधिमा विभागले ६६७ फर्मलाई जरिवाना, ६६८ फर्मलाई सामान्य सुधार गर्न निर्देशन दिइएको थियो। यस्तै, १० फर्मबाट परीक्षण गर्न वस्तुको नमूना संकलन र साधनसहित तीनजना पक्राउ र १० फर्ममा सिलबन्दी गरिएको थियो।

images

चाडपर्वको समयमा खाद्य तथा किराना, डिपार्टमेन्टल स्टोर, खसीबोका बिक्री, तरकारी पलफूल, मासु, मदिरा, मार्ट, हार्डवेयर, मिठाई तथा इलोक्ट्रोनिक्स लगायतका पसलमा अनुगमन गरिएको थियो। अनुगमनका क्रममा उपभोक्तासँग बढी मूल्य लिने, कृत्रिम अभाव सिर्जना तथा कालोबजारी गर्ने, म्याद सकिएका खानेकुरा बेच्ने तथा खरिद बिक्री बिल नराख्ने फर्मलाई ५ हजारदेखि ३ लाख रुपैयाँसम्म जरिवाना गरिएको विभागले जनाएको छ।

उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम अनुचित व्यापारिक कारोबार गर्ने पसललाई जरिवाना गरिएको विभागको भनाइ छ। विभागले चाडपर्वलाई लक्षित गर्दै काठमाडौं उपत्यकाका तीन जिल्लामा छुट्टा-छुट्टै अनुगमन टोलीमार्फत अनुगमनलाई निरन्तरता दिएको थियो। 

कात्तिकमा ३८८ फर्मको अनुगमन

विभागले कात्तिक महिनामा अनुगमन गरिएका फर्ममध्ये आधा फर्मलाई कारबाही गरेको छ। अनुगमन गरिएका अधिकांश फर्मले गल्ती गरेको भेटिएपछि कारबाही गरिएको विभागका निरीक्षण अधिकृत धनेश्वर पौडेलले जानकारी दिए।

उनका अनुसार एक महिनामा ३८८ फर्मको अनुगमन गर्दा १७६ फर्मलाई कारबाही, ८८ फर्मलाई आवश्यक कागजात पेस गर्न स्पष्टीकरण सोधिएको र १२४ फर्मलाई सामान्य सुधार गर्न निर्देशन दिइएको थियो।

कात्तिकमा बजार अनुगमनबाट विभागले १६ लाख ५५ हजार रुपैयाँ राजस्व संकलन गरेको छ। विभागले दसैं तथा तिहारको समयमा चाडपर्व केन्द्रित भएर बजार अनुगमन गरेको थियो। विभागले चाडपर्वको समयमा गुणस्तर र उपभोग्य मिति केन्द्रित भएर बजार अनुगमन गरेको थियो। चाडपर्व सकिए पनि नियमित रुपमा दैनिक तीन समूहबाट बजार अनुगमन जारी राखिएको निर्देशक पँगेनीले जानकारी दिए। रासस


प्रकाशित : आइतबार, मंसिर १२ २०७८०९:१०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend