काठमाडौं- महिला लघुवित्तले पहिलो तीन महिनामा दुई करोड ८६ लाख रुपियाँ खुद नाफा कमाएको छ। यस्तो नाफा अघिल्लो वर्षको सोही अवधिमा एक करोड ९८ लाख रुपियाँ थियो।
लघुवित्तको नाफा गत आवको पहिलो तीन महिनाको तुलनामा ४४.२८ प्रतिशतले बढी हो। लघुवित्तले गएको आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई ५० प्रतिशत लाभांश दिने घोषणा गरिसकेको छ। संस्थाले ४५ प्रतिशत सेयर लाभांश दिने घोषणा गरेको छ भने कर प्रायोजनका लागि ५ प्रतिशत नगद लाभांश दिने भएको छ।
यो लघुवित्तको ब्याज आम्दानी १२ करोड ४४ लाख रुपियाँ रहेको छ। लघुवित्तको प्रतिसेयर आम्दानी ११४.७१ रुपियाँ रहेको छ। प्रति सेयर बजार मूल्य ५२०१ रुपियाँ रहेको यो वित्तीय संस्थाको मूल्य आम्दनी अनुपात ४५.३४ गुणा रहेको छ।