काठमाडौं- नेपाल आयल निगमले पेट्रोलिय पदार्थको मूल्य वद्धि गरेको छ।
निगमले पेट्रोल डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँले वृद्धि गरिएको हो। हवाई इन्धन र ग्याँसको मूल्य भने यथावत रहेको निगमको भनाइ छ।
भारतबाट पछिल्लोपटक इन्धनको मूल्य बढेर आएकाले निगमले डिजेल र पेट्रोलको मूल्य बढाएको जनाएको छ।