शनिबार, वैशाख ८ गते २०८१    
images
images

पुस महिनामै भित्रियो १ खर्ब ४ अर्ब ५८ करोड रेमिट्यान्स

images
images
पुस महिनामै भित्रियो १ खर्ब ४ अर्ब ५८ करोड रेमिट्यान्स

चालु आर्थिक वर्षको पुस महिनामा १ खर्ब ४ अर्ब ५८ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ।

images
images

काठमाडौं- चालु आर्थिक वर्ष २०७९/०८० को ६ महिनामा ५ खर्ब ८५ अर्ब ८ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकमा चालु आर्थिक वर्षको पुस महिनामा मात्रै १ खर्ब ४ अर्ब ५८ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ।

images
images
images

राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा रेमिट्यान्स २४.३ प्रतिशतले वृद्धि भइ ५ खर्ब ८५ अर्ब ८ करोड पुगेको छ।

images

अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्स ५.० प्रतिशतले घटेको थियो। अमेरिकी डलरमा रेमिट्यान्स १३.९ प्रतिशतले वृद्धि भइ ४ अर्ब ५० करोड पुगेको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह ५.७ प्रतिशतले घटेको थियो।

images

images

प्रकाशित : सोमबार, माघ २३ २०७९१०:१९

प्रतिक्रिया दिनुहोस